हरिगुरु भजन
लालीगुरांश (सिर्जना भण्डारी)
गुरुदेव, तिम्रो सुन्दरताको बयान कसरी गरुं म
तिम्रो मनमोहक रुपलाई शव्दमा कसरी भरुं म....
अखण्ड
परम-आभा झल्कने, तिम्रो शिर अति मधूरम
चन्दन
सुलेपित सुगन्धीत, तिम्रो बदन अति मधूरम
ढलपल-ढलपल हंसझैं हिंडाइ,
तिम्रो चाल अति मधूरम
मधूरापति
तिमी, सर्वाङ तिम्रो मधूरम मधूरम ।।
गुरुदेव, तिम्रो सुन्दरताको बयान कसरी गरुं म
तिम्रो मनमोहक रुपलाई शव्दमा कसरी भरुं म....
हजार सुर्यझैं
चम्किने, तिम्रो अधर अति मधूरम
प्रेमको महासागर छल्किने, तिम्रा नयन अति मधूरम
मिठो मुस्कान फक्रने, तिम्रा ओठ अति मधूरम
मधूरापति तिमी, सर्वाङ तिम्रो मधूरम मधूरम ।।
गुरुदेव, तिम्रो सुन्दरताको बयान कसरी गरुं म
तिम्रो मनमोहक रुपलाई शव्दमा कसरी भरुं म....
मनमोहक प्रसन्नता
झल्कने, तिम्रो मुखमण्डल अति मधूरम
टप-टप मिठो
अमृत वर्षने, तिम्रो वाणी अति मधूरम
संसारलाई आफूमै
समेट्ने, तिम्रो हृदय अति मधूरम
मधूरापति तिमी, सर्वाङ तिम्रो मधूरम मधूरम ।।
गुरुदेव, तिम्रो सुन्दरताको बयान कसरी गरुं म
तिम्रो मनमोहक रुपलाई शव्दमा कसरी भरुं म....
No comments:
Post a Comment