लालीगुरांश (सिर्जना भण्डारी)
दुइ पलको जीवन यो प्रकृतिको उपहार हो
जीवनले जता लैजान्छ त्यही नै मेरो गन्तब्य हो
कुनै चाल नगरि जो मेरो हृदयमा सुटुक्क आयो
उ नै मेरो हृदयमा धड्कीरहने धड्कन हो
मैले युगौं-युगदेखि खोजेको मेरो मनको मित हो
ए! मेरो मनको मित, ए! मेरो हृदयको धड्कन
मेरो रोम-रोममा तिमी यति प्रगाढ भएका छौ
तिम्रो प्रेमले नरसाएको हृदयको कुनै कुनो नै छैन
तिम्रो यादले नछोएको जीवनको कुनै पल नै छैन
मेरो कोश-कोशमा तिमी यसरी समाहित भएका छौ
तिम्रो सुन्दर झलक नभएको कुनै दृश्य नै छैन
तिम्रो स्मरणले पुलकित नबनाएको कुनै क्षण नै छैन
मेरो नजर भरि तिमी, मेरो हृदय भरि तिमी,
मेरो जीवन भरि तिमी, जता हेर्यो मात्र तिमी नै तिमी
जव म केही हेर्न थाल्छु, दृश्य बनेर आउँछौ तिमी
जव म पढ्न थाल्छु, अक्षर बनेर आउँछौ तिमी
जव म लेख्न थाल्छु, मसी बनेर आउँछौ तिमी
जव म रचना गर्न थाल्छु, शव्द बनेर आउँछौ तिमी
जव म गाउँन थाल्छु, शुर बनेर आउँछौ तिमी
जव म नृत्य गर्न थाल्छु, ताल बनेर आउँछौ तिमी
जव म संगीत सुन्छु, धून बनेर आउँछौ तिमी
जव म हाँस्न थाल्छु, आनन्द बनेर आउँछौ तिमी
जव म रुन थाल्छु, आँशु बनेर आउँछौ तिमी
जव म निद्रामा हुन्छु, सपना बनेर आउँछौ तिमी
जव म तन्द्रामा हुन्छु, झझल्को बनेर आउँछौ तिमी
जव म प्रकाशमा हुन्छु, किरण बनेर आउँछौ तिमी
जव म ध्यानमा हुन्छु, ज्योति बनेर आउँछौ तिमी
जव म अन्धकारमा हुन्छु, दियो बनेर आउँछौ तिमी
जव म विषादमा  हुन्छु, उत्साह बनेर आउँछौ तिमी
जव म पिडामा हुन्छु, ओखती बनेर आउँछौ तिमी
जव म रुझेको हुन्छु, छाता बनेर आउँछौ तिमी
जव मलाई घामले पोल्छ, वतास बनेर आउँछौ तिमी
जव म भोजन गर्न थाल्छु, स्वाद बनेर आउँछौ तिमी
जव म यात्रामा हुन्छु, सवारी बनेर आउँछौ तिमी
ए! मेरो जीवनको एकमात्र सहयात्री, कहाँ छैनौ तिमी?
मेरो सुन्दर संसारको धर्ती र गगनभरि छौ तिमी
मेरो हाँसो र खुशीका हरेक पल-पलमा छौ तिमी
मेरो शरिरको अंग-अंगमा मगमगाएका छौ तिमी
मेरो जीवनको रंग-रंगमा सजिएका छौ तिमी
मेरो मनसमा कोरिएका तस्वीरमा छौ तिमी
मेरो तनमन-धड्कन-जीवन सबैतिर छौ तिमी
म भित्रको पवित्र दिव्य मन-मन्दिरमा छौ तिमी
जता हेर्यो त्यतै देख्छु मात्र तिमी नै तिमी ।।
म भित्रको पवित्र दिव्य मन-मन्दिरमा छौ तिमी
जता हेर्यो त्यतै देख्छु मात्र तिमी नै तिमी ।।
मात्र तिमी नै तिमी..... :)
No comments:
Post a Comment