हरिगुरु भजन
लालीगुरांश (सिर्जना भण्डारी)
गुरुदेव, तिम्रो महिमा कसरी म गाउँ
तिम्रो चरणमा शरण कसरी म पाउँ.......
कैलाश जस्तो उच्च शिर तिम्रो
माथमा सिन्दुरी चन्दन सजेको
सागर सरी गहिरा नयन तिम्रा
ओठमा सुन्दर मुस्कान फूलेको ।
गुरुदेव, तिम्रो महिमा कसरी म गाउँ
तिम्रो चरणमा शरण कसरी म पाउँ.......
सुनीरहुं लाग्ने अमृत वाणी तिम्रो
मुहारमा मोहक लालीमा खुलेको
सबलाई समान ठान्ने हृदय तिम्रो
अंग-अंग परम-ज्योतिमा बलेको ।
गुरुदेव, तिम्रो महिमा कसरी म गाउँ
तिम्रो चरणमा शरण कसरी म पाउँ.......
सबैलाई तार्ने दिव्य शरण तिम्रो
मंगल चरणमा शिर छ झुकेको
त्रिदेवका स्वरुप छविमा तिम्रो
तिमीभित्रै छ परमात्मा बसेको ।
गुरुदेव, तिम्रो महिमा कसरी म गाउँ
तिम्रो चरणमा शरण कसरी म पाउँ.......
सेवा-प्रेम-उपकारको उदेश्य तिम्रो
तिम्रै पथमा परमात्माको मार्ग भेटियो
तिमी नै हृदयमा स्मरण मात्र तिम्रो
भक्ति जाग्यो मनमा हृदय पग्लियो ।
गुरुदेव, तिम्रो महिमा कसरी म गाउँ
तिम्रो चरणमा शरण कसरी म पाउँ.......
No comments:
Post a Comment