Sunday, 4 December 2022

गुरुदेव, परमात्माका अग्रदुत हौ तिमी

हरिगुरु भजन 

                                 लालीगुरांश  (सिर्जना भण्डारी) 

गुरुदेव, परमात्माका अग्रदुत हौ तिमी, त्रिदेवका प्रतिमुर्ति हौ तिमी

तिमीमै म परमात्मा देख्छु, तिमीमै आफू हुनुको अर्थ म पाउँछु.....


तिमीमै मेरा पुज्य माता-पिता म देख्छु

तिमीमै सारा प्रिय साथी-सखा म भेट्छु

तिमीमै मेरो हृदयको धड्कन म सुन्छु

तिमीमै मेरो जन्मनुको सार म पाउँछु ।


गुरुदेव, परमात्माका अग्रदुत हौ तिमी, त्रिदेवका प्रतिमुर्ति हौ तिमी

तिमीमै म परमात्मा देख्छु, तिमीमै आफू हुनुको अर्थ म पाउँछु.....


तिम्रै भक्तिमा यो तनमनमा शान्ति छाउँछ

तिम्रै शरणमा परम आनन्दको द्वार खुल्छ

तिम्रै प्रेममा परोपकार भावको मूल फुट्छ 

तिम्रै वाणीमा ॐकार नादको ध्यनी गुन्जन्छ ।


गुरुदेव, परमात्माका अग्रदुत हौ तिमी, त्रिदेवका प्रतिमुर्ति हौ तिमी

तिमीमै म परमात्मा देख्छु, तिमीमै आफू हुनुको अर्थ म पाउँछु.....


तिमी हाम्रो प्रेम, हाम्रो हृदयमा तिमी

तिमी हाम्रो पूजा, हाम्रो आत्मामा तिमी

तिमी हाम्रो प्राण, हाम्रो जीवनमा तिमी

तिमी हाम्रो भगवान, हाम्रो भक्तिमा तिमी ।


गुरुदेव, परमात्माका अग्रदुत हौ तिमी, त्रिदेवका प्रतिमुर्ति हौ तिमी

तिमीमै म परमात्मा देख्छु, तिमीमै आफू हुनुको अर्थ म पाउँछु.....


तिम्रै आराधनाले परमात्मा प्रति समर्पण आउँछ

तिम्रै दर्शनले भवसागरबाट पार लगाउँछ

तिम्रै आशिर्वादले पापीहरुको पाप कटाउँछ

पलपल तिम्रै स्मरणले परम-मुक्ति दिलाउँछ ।


गुरुदेव, परमात्माका अग्रदुत हौ तिमी, त्रिदेवका प्रतिमुर्ति हौ तिमी

तिमीमै म परमात्मा देख्छु, तिमीमै आफू हुनुको अर्थ म पाउँछु.....


No comments:

Post a Comment