हरिगुरु भजन
लालीगुरांश (सिर्जना भण्डारी)
भावुकता छर्ने तिम्रा ति नजरका दिव्य हेराइ
तिम्रो नजरमा नजर मिलाई प्रेमरस म पिइरहेछु 
परमात्माको परम-ज्योतिको आभा छ तिम्रा ति नजरमा
त्यहि परम-ज्योतिको अलौकिक सागरमा म तैरीरहेछु 
आशिर्वादले भरिएका छन् तिम्रा ति प्रेमपूर्ण हेराइ
त्यहि आशिर्वादमा डुबेर सारा जगत म भुलिरहेछु 
अति प्यारा प्यारा नजरले जव मलाई हेर्छौ तिमी
तिमीलाई नियालौं कि तिम्रो हेराइलाई म अल्मल्लीरहेछु 
यि नजरमा नजर मिलाई जव मुस्कुराउँछौ तिमी
तिम्रो मुस्कानमा परम-आनन्दको मिठास म पाइरहेछु 
ति नजरले मेरा भावहरु जव नियालेर हेर्छौ तिमी
अदभूत अलौकीक अमृत सोमरस म पिइरहेछु ।
No comments:
Post a Comment