Sunday, 11 December 2022

तिमी विम्व हौ....

हरिगुरु भजन

                            लालीगुरांश  (सिर्जना भण्डारी) 


यो सपना हो कि विपना, चारैतिर तिमी नै तिमी

हृदय भित्र तिमी, आँखाको नानी भित्र तिमी

मेरो संसारमा तिमी नै तिमी........


तिमी मौनताको विम्व हौ सागर

म बगिरहने पानीको चन्चल लहर

तिमी सहनशिलताको विम्व हौ धर्ती

म सामान्य सानो एउटा शहर ।


यो सपना हो कि विपना, चारैतिर तिमी नै तिमी

हृदय भित्र तिमी, आँखाको नानी भित्र तिमी

मेरो संसारमा तिमी नै तिमी........


तिमी अनन्तताको विम्व हौ आकाश

म चम्किरहने आकाशको सानो तारा

तिमी प्रेमको विम्व हौ इश्वर

मलाई तिम्रो प्रेमको एउटै साहारा ।


यो सपना हो कि विपना, चारैतिर तिमी नै तिमी

हृदय भित्र तिमी, आँखाको नानी भित्र तिमी

मेरो संसारमा तिमी नै तिमी........


तिमी परिवर्तनको विम्म हौ समय

म चलिरहने घडिको आवाज टिकटिक

तिमी अटलताको विम्व हौ आत्मज्योती

मेरो अस्तित्व थिएन तिमी नभए ।


यो सपना हो कि विपना, चारैतिर तिमी नै तिमी

हृदय भित्र तिमी, आँखाको नानी भित्र तिमी

मेरो संसारमा तिमी नै तिमी........ 

No comments:

Post a Comment