Monday, 5 December 2022

गुरुदेव तिम्रो कृपा अपरम्पार

हरिगुरु भजन 

                                 लालीगुरांश  (सिर्जना भण्डारी)  

गुरुदेव तिम्रो कृपा अपरम्पार, जगमग पार्यौ सारा संसार

श्रद्धा भावले झुक्छ तिम्रो चरणमा मेरो यो माथ....


दुःख चिन्ता सारा सुम्पिएं तिमीलाई

उडें म उडें गगनमा पंख फिजाई

पाएर तिम्रो अलौकिक दिव्य ज्ञान

धन्य-धन्य भएं म प्रभु जानें जगलाई ।


गुरुदेव तिम्रो कृपा अपरम्पार, जगमग पार्यौ सारा संसार

श्रद्धा भावले झुक्छ तिम्रो चरणमा मेरो यो माथ....


दुःख  र चिन्तासंग तिमीले लड्न सिकायौ

उदाषी यो मनमा प्रसन्नता जगायौ

कर्मशील भई जीउन बाटो देखायौ

सुख, शान्ति, समृद्धिको पथमा हिंडायौ ।


गुरुदेव तिम्रो कृपा अपरम्पार, जगमग पार्यौ सारा संसार

श्रद्धा भावले झुक्छ तिम्रो चरणमा मेरो यो माथ....


ज्ञान, ध्यान सिकायौ सतसंगमा राखेर

परम-तत्वमा जोड्यौ विजब्रह्म यज्ञ भाकेर

मुक्ति दिलायौ अध्यात्म रसले सिंचेर

धन्य भएं तिम्रो परमात्मा स्वरुप देखेर ।


गुरुदेव तिम्रो कृपा अपरम्पार, जगमग पार्यौ सारा संसार

श्रद्धा भावले झुक्छ तिम्रो चरणमा मेरो यो माथ....


No comments:

Post a Comment