गीत
लालीगुरांश (सिर्जना भण्डारी)
डुबें म डुबें ति तिम्रा नयनको सागरमा
हराएं म हराएं त्यो तिम्रो हृदयको डगरमा,
जव तिमी ति नशालु नजर उठाएर हेर्छौ
मादक प्रेमको तीर तीक्ष्ण भइ हृदयमा उत्रन्छ,
जव तिमी ति लजालु नजर झुकाएर हेर्छौ
मादक प्रेमको धारा हृदयमा झन तिब्र बहन्छ,
जव तिमी ति जिज्ञासु नजर चोरेर हेर्छौ
मादक प्रेमको सुगन्ध पवन भरि फैलिन्छ,
जव तिमी ति मायाँलु नजर जुधाएर हेर्छौ
मादक प्रेमको अनुभूति अंग-अंगमा भैदिन्छ,
जव यि लोलाएका नजरसंग नजरले सम्वाद गर्छ
मादक प्रेमको काउकुतीले हृदयमा बेहोसी छाउँछ
ति नयनको सागरमा सदा डुबीरहन मन छ
तिमी भित्रै कतै बिलाउँ, हृदयले यहि भन्छ,
डुबें म डुबें ति तिम्रा नयनको सागरमा
हराएं म हराएं त्यो तिम्रो हृदयको डगरमा ।।
No comments:
Post a Comment