Friday, 30 December 2022

गुरुदेव तिम्रो आगमनले

रिगुरु भजन          

                            लालीगुरांश  (सिर्जना भण्डारी) 


गुरुदेव तिम्रो आगमनले बद्लियो मेरो यो मन 

सुख, शान्ति आनन्द छायो खुशीमा जगमगायो मेरो जीवन ।


नानाथरी वासनामा भड्कीएको थियो मेरो यो मन

तिम्रो दिव्य ज्ञान र प्रेमले फूल्यो फल्यो मेरो जीवन।


गुरुदेव तिम्रो आगमनले बद्लियो मेरो यो मन 

सुख, शान्ति आनन्द छायो खुशीमा जगमगायो मेरो जीवन ।


थिएन ज्ञान, ध्यान उराठ थियो मेरो यो जीवन

तिम्रो सनिध्यमा आइ सजग भएको छ यो मन । 


गुरुदेव तिम्रो आगमनले बद्लियो मेरो यो मन 

सुख, शान्ति आनन्द छायो खुशीमा जगमगायो मेरो जीवन ।


जान्दीनथें छुट्याउन असल-खराव यो जीवनमा

तिम्रो आशिष पाएर आनन्द छाएको छ मेरो मनमा ।


गुरुदेव तिम्रो आगमनले बद्लियो मेरो यो मन, 

सुख, शान्ति आनन्द छायो खुशीमा जगमगायो मेरो जीवन ।


बुझेको थिइन मैले यो भौतिक संसारको माया

तिम्रो मार्ग निर्देशनले पवित्र भएं, मुक्त भयो यो काया ।


गुरुदेव तिम्रो आगमनले बद्लियो मेरो यो मन, 

सुख, शान्ति आनन्द छायो खुशीमा जगमगायो मेरो जीवन  ।


दुःख पिडा र निराशाले डेबेको थिएं भवसागरमा

माझी बनी उदय भयौ तारी मलाई पुर्यायौ बैकुन्ठमा


गुरुदेव तिम्रो आगमनले बद्लियो मेरो मन, 

सुख, शान्ति, आनन्द छायो खुशीमा जगमगायो मेरो जीवन  ।



No comments:

Post a Comment