Sunday, 18 December 2022

प्रेमले पुलकित मन भन्छ

        लालीगुरांश  (सिर्जना भण्डारी)

प्रेमले पुलकित मन भन्छ,

तिमीसंग साथसाथ रही

तिमीलाई संधैभरी देखौं,

तिमीसंग संधै-संधै भेटी

तिमीसंग आँखा जुधाउँ,

तिम्रो हात समाएर हिंड्दै

तिमीसंग मन-मुटु साटौं,

तिम्रो अंगालोमा बाँधिइ

तिमीसंग हाँसो-आँशु बाँडौं,

तिम्रो काँधमा शीर राखी

सारा दुःख पिडा बिसाउँ,

तिम्रो हृदयलाई स्पर्स गरि

तिमी भित्रै सदा-सदा हराउँ,

तिम्रो काखमा लुटपुटीदै

जीवनका सारा बोझ बिसाउँ,

तिम्रो प्रेमको सागरमा डुबी

जीवनका हिरा-मोती खोजौं,

तिम्रै यादको श्रृङगारमा सजिएर

जीवनका अमूल्य पल सजाउँ,

तिम्रो स्पर्सको आनन्दमा हराइ

आफू हासौं तिमीलाई हँसाउँ,

खुशीका एक-एक पल साँची

हाम्रो जीवन स्वर्गझैं बनाउँ,

जीवनका सबै सपनाहरु गाँसी

हाम्रो एउटा बेग्लै संसार रचौं

जीवनका सबै सपनाहरु गाँसी

हाम्रो एउटा बेग्लै संसार रचौं 

No comments:

Post a Comment