Tuesday, 6 December 2022

परमात्माको दिव्य ॐकारनाद ॐॐॐॐ

 हरिगुरु भजन 

                लालीगुरांश  (सिर्जना भण्डारी) 

सद्गुरु तिम्रो प्रेमको सागरमा डुबेर हेरें

त्यहां आँशु र हाँसोका मोति पाएं मैले

सद्गुरु तिम्रो ज्ञानको गंगामा पौडेर हेरें 

त्यहां वेदान्त ज्ञानका मणि पाएं मैले

डुब्दै गएं तिम्रो हृदयको परम-गहिराईमा

त्यहाँ परमात्माको दिव्य ॐकारनाद पाएं मैले ॐॐॐॐ   ॐॐॐॐॐ   ॐॐॐॐ


सद्गुरु तिम्रो परमसेवाको भावलाई पछ्याएर हेरें

त्यहां सुख, शान्ति, आनन्दको मूलश्रोत पाएं मैले

सद्गुरु तिम्रो वैराग्यको पथमा हिंडेर हेरें

त्यहाँ सांसारीक सपनाहरुबाट मुक्ति पाएं मैले

पछ्याउँदै गएं तिम्रै पछि-पछि मुक्तिको त्यो बाटो

त्यहाँ परमात्माको दिव्य ॐकारनाद पाएं मैले ॐॐॐॐ   ॐॐॐॐॐ   ॐॐॐॐ


सद्गुरु तिम्रा सतवाणीहरुको अनुसरण गरेर हेरें

त्यहां कहिल्यै नसुक्ने अमृत रस पाएं मैले

सदगुरु तिम्रो छवि आफ्नो हृदयमा बसाएर हेरें

त्यहां साक्षात परब्रह्मको दर्शन पाएं मैले

सजाएं तिमीलाई मेरो अन्तर मन भित्र

त्यहां परमात्माको दिव्य ॐकारनाद पाएं मैले ॐॐॐॐ   ॐॐॐॐॐ   ॐॐॐॐ


 


 


 

No comments:

Post a Comment