Friday, 9 December 2022

ए! जीन्दगी तिमीलाई मेरो कोटी सलाम

गीत         

                               लालीगुरांश  (सिर्जना भण्डारी) 

ए! जीन्दगी तिमीलाई मेरो कोटी सलाम, यसरी नै सदा तिम्रो साथ म पाउँ.....

छैन कुनै चाहना अव तिमीलाई पाएपछि, पूर्ण भएं म तिमीसंग भेटे पछि 

 

तिम्रो आगमनले तृप्त भयो यो मन

तिमी नै सर्वस्व तिमी नै परम-धन

 

राम्रो नराम्रो सबै तिमीले देख्न सिकायौ

जीवनको भवसागरबाट तिमीले नै उतार्यौ

 

ए जीन्दगी तिमीलाई मेरो कोटी सलाम, यसरी नै सदा तिम्रो साथ म पाउँ.....

छैन कुनै चाहना अव तिमीलाई पाएपछि, पूर्ण भएं म तिमीसंग भेटे पछि 

 

तिमी यसरी मेरो मन-मन्दिरमा छायौ

ब्रह्माण्डकै सारा परम-आनन्द ल्यायौ

 

तिम्रो प्रेम दिव्य गंगाको पवित्र धारा

हृदय भरि प्रेम नै प्रेम भरिदियौ सारा

 

ए जीन्दगी तिमीलाई मेरो कोटी सलाम, यसरी नै सदा तिम्रो साथ म पाउँ.....

छैन कुनै चाहना अव तिमीलाई पाएपछि, पूर्ण भएं म तिमीसंग भेटे पछि 

 

तिमीले नै मेरा सारा सपना फुलायौ

दिएर त्यो दिव्य साथ परम-पुन्य बनायौ

 

सदा तिम्रो साथ रहने चाहना छ मेरो

हुँनेछैन टाढा छायाँ बनेर रहन्छु तिम्रो 

 

ए जीन्दगी तिमीलाई मेरो कोटी सलाम, यसरी नै सदा तिम्रो साथ म पाउँ.....

छैन कुनै चाहना अव तिमीलाई पाएपछि, पूर्ण भएं म तिमीसंग भेटे पछि 

 

=========

हरिगुरु भजनको लागि मुखडा

गुरुदेव तिमीलाई मेरो कोटी प्रणाम, यसरी नै सदा तिम्रो आशिर्वाद म पाउँ.....

छैन अव कुनै चाहना तिमीलाई पाएपछि, तिमीनै सर्वस्व अव कहाँ म जाउँ

No comments:

Post a Comment