हरिगुरु भजन
लालीगुरांश (सिर्जना भण्डारी)
गुरु मेरो भगवान, गुरु मेरो त्रिदेव, गुरु मेरो पूजा;
गुरु मै देख्छु परमात्माको रुवरुप पूरा....
पाएर तिम्रो दर्शन गुरुदेव, 
परमात्माको दिव्य स्वरुप यो हृदयमा उतारें मैले
छोएर तिम्रो चरण गुरुदेव,
परमात्माको स्पर्स अनुभुत गर्ने अवसर पाएं मैले
गुरु मेरो भगवान, गुरु मेरो त्रिदेव, गुरु मेरो पूजा;
गुरु मै देख्छु परमात्माको रुवरुप पूरा....
आएर तिम्रो शरण गुरुदेव,
परमात्माको प्रत्यक्ष सानिध्य अनुभव गरें मैले
धाएर तिम्रो गुरुकुल गुरुदेव,
परमात्माको बैकुन्ठ पुगेको आभास पाएं मैले
गुरु मेरो भगवान, गुरु मेरो त्रिदेव, गुरु मेरो पूजा;
गुरु मै देख्छु परमात्माको रुवरुप पूरा....
लिएर तिम्रो परम-ज्ञान गुरुदेव,
परमात्माको परमतत्व बुझ्ने अवसर पाएं मैले
देखेर तिम्रो सुन्दर रुप गुरुदेव,
परमात्माको दिव्य आकृतिको दर्शन पाएं मैले
 गुरु मेरो भगवान,
गुरु मेरो त्रिदेव, गुरु मेरो पूजा; गुरु मै देख्छु परमात्माको रुवरुप पूरा....
सुनेर तिम्रो वाणी गुरुदेव,
परमात्माको अमृत प्रेमधाराले नुहाएं मैले 
सुनेर तिम्रो महिमा गुरुदेव,
परमात्माको तिर्थाटनको दिव्य फल पाएं मैले
गुरु मेरो भगवान, गुरु मेरो त्रिदेव, गुरु मेरो पूजा;
गुरु मै देख्छु परमात्माको रुवरुप पूरा....
No comments:
Post a Comment