हरिगुरु भजन
लालीगुरांश (सिर्जना भण्डारी)
गुरुदेव तिम्रो आगमनले बद्लियो मेरो यो मन
सुख, शान्ति आनन्द छायो खुशीमा जगमगायो मेरो जीवन ।
नानाथरी वासनामा भड्कीएको थियो मेरो यो मन
तिम्रो दिव्य ज्ञान र प्रेमले फूल्यो फल्यो मेरो जीवन।
गुरुदेव तिम्रो आगमनले बद्लियो मेरो यो मन
सुख, शान्ति आनन्द छायो खुशीमा जगमगायो मेरो जीवन ।
थिएन ज्ञान, ध्यान उराठ थियो मेरो यो जीवन
तिम्रो सनिध्यमा आइ सजग भएको छ यो मन ।
गुरुदेव तिम्रो आगमनले बद्लियो मेरो यो मन
सुख, शान्ति आनन्द छायो खुशीमा जगमगायो मेरो जीवन ।
जान्दीनथें छुट्याउन असल-खराव यो जीवनमा
तिम्रो आशिष पाएर आनन्द छाएको छ मेरो मनमा ।
गुरुदेव तिम्रो आगमनले बद्लियो मेरो यो मन,
सुख, शान्ति आनन्द छायो खुशीमा जगमगायो मेरो जीवन ।
बुझेको थिइन मैले यो भौतिक संसारको माया
तिम्रो मार्ग निर्देशनले पवित्र भएं, मुक्त भयो यो काया ।
गुरुदेव तिम्रो आगमनले बद्लियो मेरो यो मन,
सुख, शान्ति आनन्द छायो खुशीमा जगमगायो मेरो जीवन ।
दुःख पिडा र निराशाले डेबेको थिएं भवसागरमा
माझी बनी उदय भयौ तारी मलाई पुर्यायौ बैकुन्ठमा।
गुरुदेव तिम्रो आगमनले बद्लियो मेरो मन,
सुख, शान्ति, आनन्द छायो खुशीमा जगमगायो मेरो जीवन ।