Monday, 26 August 2013

टुहुरो

                                                 लालीगुरांश
आमाको मिठो ममता सम्जिएर गर्छ बिलौना रोई
पाउँछु की खान मिठो भनेर त्यो माग्छ घर् घर् गई
न छ टाउको लुकाउने छहारी न त आंगमा लुगा
पुरानो एक् धरो लुगा छ आंगमा च्यात्ती भएको धुजा ।

घरका जनले हेप्छन् उसलाई भन्छन् आमा टोकुवा
जन्मिदै आमा खायो यसले अलच्छिन् पाप बोकुवा
बोल्दैनन् ऊ सँग कोही सिधा मुखले जर्की फर्की गर्दछन्
यस्तो अधर्मीले बाँच्नु भन्दा मर्नु निको मान्दछन् ।

काका मामा इष्ट मित्र साथी संगी छैनन् नजिक्का कोही
रोई कराई गर्छ त्यो सडकमा माँया गर्दैनन् कोही
घण्टा दिन महिना र वर्ष बित्यो दशकै पनी
बल्ल यौबनमा टेक्यो उल्ले दु खका दिन रात गनी ।

आफ्नै खुट्टामा उभिन खातिर लाग्यो कामको खोजीमा
दिनभरी कमाएको मजदुरीको रुप्याँ छ गोजीमा
रुप्याँ हेर्दै दंग परी पसलमा खाने करा किन्न गो
निर्दयी लुटेराका फेला पर्यो ऊ रुप्याँ सब चोरी भो ।

कस्तो निर्दयी जग रहेछ भनी रोयो बिलौना गरी
हे आमा भन्दै छाती छामी भुईंमा लड्यो त्यो मुर्छा परी
आँखा पल्टायो अकाशतिर उस्ले, मुटु सुस्तरी चल्यो
मायाँ र भोजनको भोको टुहुरोको क्षणभरमै प्राण गयो ।







No comments:

Post a Comment