लालीगुरांश   
खोटो रहेछे तिम्रो त्यो विश्वास
धोका पाए पछि पो थाहा पाएँ मैले
जोड्ने थिइन यो चोखो मुटु तिमी सँग
बैगुनी छौ भनी थाहा पाएको भए पहिले ।
भन्छन लेखिएको हुन्छ भाग्य सबै निधारमा
तर नाङ्गा आँखाले देखिदैन कहिले
अनि निर्दोष तर चनचले यौवन
परिणाम जान्दा जान्दै फस्न पुग्छ जहिले ।
चन्चले वैंशले गरेको त्यो भुल
जीवनकै श्राप अनि बोझ भो अहिले
गर्ने नै थिइन तिम्रो बिश्वास
धोका दिन्छौ भन्ने थाहा पाएको भए पहिले ।
सानो त्यो भुलले जल्यो मेरो दुनियाँ
कस्तो अमेट गल्ती गरेछु मैले
कसरी अब जोगाऊँ आफ्नो अस्मिता
मृत्युको विकल्प पाइन अहिले ।
जाली रहेछ तिम्रो त्यो मन
एक्लो भए पछि पो थाहा पाएँ मैले
सुम्पिने थिइन तनमन तिमीलाई
बैगुनी छौ भनी थाहा पाएको भए पहिले ।
खोटो रहेछे तिम्रो त्यो विश्वास
धोका पाए पछि पो थाहा पाएँ मैले
जोड्ने थिइन यो चोखो मुटु तिमी सँग
बैगुनी छौ भनी थाहा पाएको भए पहिले ।
भन्छन लेखिएको हुन्छ भाग्य सबै निधारमा
तर नाङ्गा आँखाले देखिदैन कहिले
अनि निर्दोष तर चनचले यौवन
परिणाम जान्दा जान्दै फस्न पुग्छ जहिले ।
चन्चले वैंशले गरेको त्यो भुल
जीवनकै श्राप अनि बोझ भो अहिले
गर्ने नै थिइन तिम्रो बिश्वास
धोका दिन्छौ भन्ने थाहा पाएको भए पहिले ।
सानो त्यो भुलले जल्यो मेरो दुनियाँ
कस्तो अमेट गल्ती गरेछु मैले
कसरी अब जोगाऊँ आफ्नो अस्मिता
मृत्युको विकल्प पाइन अहिले ।
जाली रहेछ तिम्रो त्यो मन
एक्लो भए पछि पो थाहा पाएँ मैले
सुम्पिने थिइन तनमन तिमीलाई
बैगुनी छौ भनी थाहा पाएको भए पहिले ।
No comments:
Post a Comment