लालीगुरांश   
घाम् पानी घाम् पानी आकाश भरी
सेता असिना मकैका फूलसरी
पानी र इन्द्रेणी घाम संग खेल्छन्
बालबालिकाको मन पनि हर्छन् ।
निला, राता, वैजनी र सुन्तले
रंगी बिरंगी इन्द्रेणी चन्चले
डाँडा र पर्वत अति रंगीन पार्छ
यस्ले सबलाई आकर्षित गर्छ ।
खोलामा डुबी पानी पिए जस्तो
गोलो आकार धनुबाण जस्तो
माथि न तल क्षितिज्मा बस्ने
आकर्षक लता र श्रृंगार घस्ने ।
स्वर्गकी परीको पटुकी हो की
नागराज शिरको मणी पो हो की
टलल टल्कने हिरा पो हो की
घाम्का छरिएका किरण पो हो की ।
जे होस हेर्दा अति छ रमाइलो
घाम पानी पर्दा इन्देणी घमाइलो
नभुल हेर्न सुन्दरताको खानी
लौ हिंड जौं हेर्न को को हो जानी ।
घाम् पानी घाम् पानी आकाश भरी
सेता असिना मकैका फूलसरी
पानी र इन्द्रेणी घाम संग खेल्छन्
बालबालिकाको मन पनि हर्छन् ।
निला, राता, वैजनी र सुन्तले
रंगी बिरंगी इन्द्रेणी चन्चले
डाँडा र पर्वत अति रंगीन पार्छ
यस्ले सबलाई आकर्षित गर्छ ।
खोलामा डुबी पानी पिए जस्तो
गोलो आकार धनुबाण जस्तो
माथि न तल क्षितिज्मा बस्ने
आकर्षक लता र श्रृंगार घस्ने ।
स्वर्गकी परीको पटुकी हो की
नागराज शिरको मणी पो हो की
टलल टल्कने हिरा पो हो की
घाम्का छरिएका किरण पो हो की ।
जे होस हेर्दा अति छ रमाइलो
घाम पानी पर्दा इन्देणी घमाइलो
नभुल हेर्न सुन्दरताको खानी
लौ हिंड जौं हेर्न को को हो जानी ।
No comments:
Post a Comment