Wednesday, 14 August 2013

बिचरी चरी

            लालीगुरांश
टक टक टक गर्दै
आयो एउटा शिकारी
बाण हान्न ठिक पार्यो
टुप्पो तिखारी तिखारी ।

देखी चरी भुर्र उडी
आकाशमा माथि माथि
बचेराका खाना बोकी
शिकारीका आँखा छोपी ।

अर्को दिन चरी फेरी
चारा खोज्न भनी
शिकारी देख्यो ताहीं
ताकी हाल्यो गुलेली ।

गेली लाग्यो पखेटामा
छटपट गर्दै चरी लडी
कठै मरीहाली चरी
बचेरा टुहुरा पारी ।

दंग पर्दै शिकारी
उठायो मरेकी चरी
लागि हाल्यो घर्तिर
खुशीले गदगद भई ।

No comments:

Post a Comment