Thursday, 15 August 2013

विकसित शहरको सुन्दरता

                           लालीगुरांश
आकाशलाई चुम्वन गर्दै
ठिङ्ग उभिएका अग्ला महलहरु
हेर्दा लाग्थ्यो की, ति
शर्माउंदै चम्कीलो घुम्टोभित्र लुकेर
कसैको पर्खाइमा बाटो हेरीरहेका छन्


लमतन्न परेर पसारीएका
सुन्दर फूल घाँसका रंगीन बिछौनाहरु
हेर्दा लाग्थ्यो की, ति
प्रकृतिलाई आफ्नो काखमा लिई
पवनभरी मिठो वासना छरीरहेका छन्


शान्तसंग भित्रभित्रै बगिरहेका
अथाह पानीका तरंगीत दहहरु
हेर्दा लाग्थ्यो की, ति
तरंगका अनगीन्ती लहरहरु
किनार भेट्न तछाडमछाड गरीरहेका छन्


सुन्दरताको प्रदर्शन गर्दै
यौवन देखाईरहेका सुन्दर पार्कहरु
हेर्दा लाग्थ्यो की, ति
को भन्दा को राम्रो भन्दै
सुन्दरताको प्रतियोगिता गरीरहेका छन्


अन्त्यहिन जस्ता लाग्ने
चिल्ला फराकीला शडकहरु
हेर्दा लाग्थ्यो की, ति
आफ्नो पिडाको पर्वाह नगरी
सेवाभावले परोपकार गरीरहेका छन्

No comments:

Post a Comment