हरिगुरु भजन
लालीगुरांश (सिर्जना भण्डारी)
सदगुरु
तिमीसंग मेरो हृदयको तार
सदा जोडीइरहोस् २
तिम्रो
दर्शनको तिब्र प्यास मेरो हृदयमा सदा जागीरहोस्
तिम्रो
महाज्ञानको अटुट दिव्यधारा म
मा सदा बगीरहोस्
तिम्रो
अलौकिक प्रेमको आशिवार्द म मा सदा
वर्षिरहोस् २ ।
सदगुरु
तिम्रो दर्शन बिना यो संसारमा
म अपूर्ण थिएं २
तिम्रो
खोजमा पागल बनी ढोका-ढोका भौंतारीएको थिएं
तिम्रो
दर्शन पाउन तिर्थ, मन्दिर, शिवालय
कति-कति धाएं
तिमी
त म भित्रै रहेछौ
तिमीलाई हृदयको झंकारमा पाएं २ ।
सदगुरु
र शिष्यको यो दिव्य पवित्र
बन्धनमा बसिरहन पाउँ २
तिम्रो
इश्वरीय परम-साथ नटुटोस कहिल्यै जहां-कहीं म
जाउँ
तिम्रै
चाह, तिम्रै आश छ मेरो
मनमा सदा हृदाकाशमा छाउ
सनातन देखिकै
बन्धन बाँधें मैले मबाट टाढा
कहिल्यै नजाउ २ ।
सदगुरुको
चम्किलो आभामा परमात्माको अखण्ड ज्योति पाएं मैले २
परमात्माको अखण्ड ज्योति फैलाई मलाई परम-पवित्र गरायौ तिमीले
वेदान्त
ज्ञानको महायज्ञ लगाई अध्यात्मको मधूरस
पिलायौ तिमीले 
अज्ञानता
र सांसारीक मायाको भूमरीबाट मलाई पार लगायौ
तिमीले २ ।
त्यसैले,
सदगुरु
तिमीसंग मेरो हृदयको तार
सदा जोडीइरहोस् २
तिम्रो
दर्शनको तिब्र प्यास मेरो हृदयमा सदा जागीरहोस्
तिम्रो
महाज्ञानको अटुट दिव्यधारा म
मा सदा बगीरहोस्
तिम्रो
अलौकिक प्रेमको आशिर्वाद म मा सदा
वर्षिरहोस् २ ।
अस्तु
No comments:
Post a Comment