लालीगुरांश (सिर्जना भण्डारी)
यो मन कहिलेबाट
त्यो मनकोलागि
यति मनकारी भएछ!?
यो मनलाई सोधें मैले
यो मनले भन्यो
यो मनको कुरा
त्यो मनलाई थाहा छ कि!
तर त्यो मनलाई
सोधुं भने
यो मनको पिडा
यो छ कि
त्यो मन यो मनसंग
कहिल्यै सिधा सम्पर्कमा
आउनै चाहेन
अव कसरी
यो मनले
त्यो मनलाई सोधौं?
सोच मग्न भएर
यो मन मनमनै
मनन् गर्दै
मनको विषादमा
डुबिरहेको छ।
विषादमा डुबिरहेको छ।।
No comments:
Post a Comment