लालीगुरांश (सिर्जना भण्डारी)
'पल' फेरीदा विचार नयाँ बनोस्
ताकि सहजै आफूलाई बदल्न सकौं
'सेकेन्ड' फेरीदा दृष्टि नयाँ बनोस्
ताकि सबैमा समभाव राख्न सकौं
'मिनेट' फेरीदा मन नयाँ बनोस्
ताकि आफूमा सबैलाई अटाउन सकौं
'घण्टा' फेरीदा काम नयाँ बनोस्
ताकि अरुकोलागि सहयोगी बन्न सकौं
'हप्ता' फेरीदा परिणाम नयाँ आवोस्
ताकि सुख, शान्ति फैलाउन सकौं
'महिना' फेरीदा योजना नयाँ बनोस्
ताकि समृद्धिको द्वार खोल्न सकौं
'साल' फेरीदा सोच नयाँ बनोस्
ताकि नवप्रवर्तनको विगुल फुक्न सकौं
'दशक' फेरीदा जीवन नयाँ बनोस्
ताकि सबैकालागि कामलाग्ने बन्न सकौं
'शरीर' फेरीदा पुनरजन्म अवतार बनोस्
ताकि ब्रह्माण्डलाई आफूमा अटाउन
सकौं ।
No comments:
Post a Comment