हरिगुरु भजन
लालीगुरांश (सिर्जना भण्डारी)
जव हरिगुरुलाई प्रत्यक्ष
नजरले देख्छु
आफूलाई अझ गहिरिदो शुन्यतामा
हराएको पाउँछु ।
जव हरिगुरुलाई प्रत्यक्ष
कानले सुन्छु
आफूलाई अझ मधूर ध्वनीमा
गुञ्जिएको पाउँछु ।
जव हरिगुरुलाई मन्द-मन्द मुस्कुराएको
देख्छु
आफूलाई अझ फराकिलो आनन्दमा
पौडिएको पाउँछु ।
जव हरिगुरुलाई प्रफुल्लतामा
रमाएको देख्छु
आफूलाई अझ माथि-माथि आकाशमा
उडेको पाउँछु ।
जव हरिगुरुलाई आफूतिर आकर्षित
देख्छु
आफूलाई अझ गाडा रंगमा रंगीएको
पाउँछु ।
जव हरिगुरुलाई प्रत्यक्ष अनुभूति
गर्छु
आफूलाई अझ गहिरो भावनामा
डुवेको पाउँछु ।
जव हरिगुरुको प्रेमल स्पर्शले
छुन्छ
आफूलाई स्वर्गीय प्रेमनगरको
सुन्दर बगैंचामा पाउँछु ।
जव हरिगुरुलाई मस्त-व्यस्त
रहेको देख्छु
आफैंले कर्मयोगको सफलताको
उच्चता चुमेको पाउँछु ।
जव हरिगुरुलाई संगीतमा गुनगुनाएको
देख्छु
आफ्ना ओठहरु संगीतको लयमा
थरथराएको पाउँछु ।
जव हरिगुरुलाई संगीतमा झुमेको
देख्छु
आफ्ना पाइलाहरु संगीतका
रागमा नाचिरहेको पाउँछु ।
जव हरिगुरुलाई ज्ञानगंगामा
जगमगाएको देख्छु
आफैंमा परमात्माको अलौकिक
ज्योति झिलमिलाएको पाउँछु।
जव हरिगुरुलाई वेद-मिमांशा
बाँडीरहेको देख्छु
आफैंले परब्रह्मको प्रज्ञाको
शिखर छोएको पाउँछु ।
जव हरिगुरुलाई वेद-मिमांशा
बाँडीरहेको देख्छु
आफैंले परब्रह्मको प्रज्ञाको
शिखर छोएको पाउँछु ।।
No comments:
Post a Comment