Thursday, 30 November 2023

हृदयमा बस्यौ प्रभु तिमी आएर

 रिगुरु भजन           

                 लालीगुरांश  (सिर्जना भण्डारी

        

हृदयमा बस्यौ प्रभु तिमी आएर

आनन्दमा डुबें तिमीलाई पाएर

तिमी नै मेरो हर धड्कन अनि श्वास-श्वासमा

आफैंमा हराएं म तिमीसंग मिठो प्रिती लाएर।


कोही थिएन यति समिपमा मेरो वरीपरी

आफ्नाले भन्थे तिमी उसकी, तिमी मेरी

भागबण्डाको खेल मैले बुझ्नै सकिन

तिमीलाई पाएपछि केही बुझ्नै चाहिन ।


हृदयमा बस्यौ प्रभु तिमी आएर

आनन्दमा डुबें तिमीलाई पाएर ।


केही थिएन मेरो खालि-खालि थिएं

तिमीलाई पाएपछि लाग्यो सबैथोकले भरिएं

नजाउ है तिमी अव कहिल्यै मबाट टाढा

गहिरो बनोस हाम्रो प्रिती हृदयमा गाडा ।


हृदयमा बस्यौ प्रभु तिमी आएर

आनन्दमा डुबें तिमीलाई पाएर ।


जन्म मेरो तिम्रोलागि मृत्यु पनि तिम्रैलागि

भाग्य मेरो तिमीसंग जीवन पनि तिमीसंगै

माग्नु छैन केही तिमीसंग केही पाउँ भनेर

बस्नेछु संधै तिम्रो भक्ति नै वरदान ठानेर ।


हृदयमा बस्यौ प्रभु तिमी आएर

आनन्दमा डुबें तिमीलाई पाएर ।


हृदयमा बस्यौ प्रभु तिमी आएर

आनन्दमा डुबें तिमीलाई पाएर ।




No comments:

Post a Comment