लालीगुरांश (सिर्जना भण्डारी)
हृदयमा अध्यात्मको प्यास जगाईदिने
सदगुरुवरमा हृदयदेखि कोटीकोटी नमन्
धर्ममा ब्रम्हान्डको नियम बताइदिने
सदगुरुवरमा हृदयदेखि कोटीकोटी नमन्
उर्जा व्यवस्थापनको पाठ पढाइदिने
सदगुरुवरमा हृदयदेखि कोटीकोटी नमन्
ज्ञानमा प्रज्ञाको विगुल फुकीदिने
सदगुरुवरमा हृदयदेखि कोटीकोटी नमन्
अविद्यामा विद्याको मसी कोरीदिने
सदगुरुवरमा हृदयदेखि कोटीकोटी नमन्
बुद्धिमा विवेकको कसी चढाइदिने
सदगुरुवरमा हृदयदेखि कोटीकोटी नमन्
भावनामा आनन्दको वर्षात गराइदिने
सदगुरुवरमा हृदयदेखि कोटीकोटी नमन्
मनमा शान्तिको दियो बालिेदने
सदगुरुवरमा हृदयदेखि कोटीकोटी नमन्
तनमा स्वाश्थ्यको चेतना भरिदिने
सदगुरुवरमा हृदयदेखि कोटीकोटी नमन्
तनावमा सुख खोज्न सिकाइदिने
सदगुरुवरमा हृदयदेखि कोटीकोटी नमन्
खुशीमा आनन्द खोज्न सिकाइदिने
सदगुरुवरमा हृदयदेखि कोटीकोटी नमन्
आफूभित्रै आनन्दको मूल खोजीदिने
सदगुरुवरमा हृदयदेखि कोटीकोटी नमन्
बोलीमा कोइलीको माधुर्यता भरिदिने
सदगुरुवरमा हृदयदेखि कोटीकोटी नमन्
व्यवहारमा पोख्त कार्यकुशलता सिकाइदिने
सदगुरुवरमा हृदयदेखि कोटीकोटी नमन्
सम्वन्धमा मिठासको रस भरिदिने
सदगुरुवरमा हृदयदेखि कोटीकोटी नमन्
संस्कारमा नैतिकताको छाता ओढाइदिने
सदगुरुवरमा हृदयदेखि कोटीकोटी नमन्
जीवनमा समृद्धिको जग बसालिदिने
सदगुरुवरमा हृदयदेखि कोटीकोटी नमन्
आत्मा र जिवात्माको ज्ञान दिलाइदिने
सदगुरुवरमा हृदयदेखि कोटीकोटी नमन्
समग्रमा
आत्मादेखि परमात्मासम्मको बाटो कोरीदिने
सदगुरुवरमा हृदयदेखि कोटीकोटी नमन् ।
आत्मादेखि परमात्मासम्मको बाटो कोरीदिने
सदगुरुवरमा हृदयदेखि कोटीकोटी नमन् ।
अस्तु
No comments:
Post a Comment