Thursday, 30 November 2023

हृदयमा बस्यौ प्रभु तिमी आएर

 रिगुरु भजन           

                 लालीगुरांश  (सिर्जना भण्डारी

        

हृदयमा बस्यौ प्रभु तिमी आएर

आनन्दमा डुबें तिमीलाई पाएर

तिमी नै मेरो हर धड्कन अनि श्वास-श्वासमा

आफैंमा हराएं म तिमीसंग मिठो प्रिती लाएर।


कोही थिएन यति समिपमा मेरो वरीपरी

आफ्नाले भन्थे तिमी उसकी, तिमी मेरी

भागबण्डाको खेल मैले बुझ्नै सकिन

तिमीलाई पाएपछि केही बुझ्नै चाहिन ।


हृदयमा बस्यौ प्रभु तिमी आएर

आनन्दमा डुबें तिमीलाई पाएर ।


केही थिएन मेरो खालि-खालि थिएं

तिमीलाई पाएपछि लाग्यो सबैथोकले भरिएं

नजाउ है तिमी अव कहिल्यै मबाट टाढा

गहिरो बनोस हाम्रो प्रिती हृदयमा गाडा ।


हृदयमा बस्यौ प्रभु तिमी आएर

आनन्दमा डुबें तिमीलाई पाएर ।


जन्म मेरो तिम्रोलागि मृत्यु पनि तिम्रैलागि

भाग्य मेरो तिमीसंग जीवन पनि तिमीसंगै

माग्नु छैन केही तिमीसंग केही पाउँ भनेर

बस्नेछु संधै तिम्रो भक्ति नै वरदान ठानेर ।


हृदयमा बस्यौ प्रभु तिमी आएर

आनन्दमा डुबें तिमीलाई पाएर ।


हृदयमा बस्यौ प्रभु तिमी आएर

आनन्दमा डुबें तिमीलाई पाएर ।




Sunday, 26 November 2023

सदगुरुवरबाट प्राप्त अमूल्य उपलब्धिहरु

                    लालीगुरांश  (सिर्जना भण्डारी

 

हृदयमा अध्यात्मको प्यास जगाईदिने

सदगुरुवरमा हृदयदेखि कोटीकोटी नमन्

धर्ममा ब्रम्हान्डको नियम बताइदिने

सदगुरुवरमा हृदयदेखि कोटीकोटी नमन्

उर्जा व्यवस्थापनको पाठ पढाइदिने

सदगुरुवरमा हृदयदेखि कोटीकोटी नमन्

ज्ञानमा प्रज्ञाको विगुल फुकीदिने

सदगुरुवरमा हृदयदेखि कोटीकोटी नमन्

अविद्यामा विद्याको मसी कोरीदिने

सदगुरुवरमा हृदयदेखि कोटीकोटी नमन्

बुद्धिमा विवेकको कसी चढाइदिने

सदगुरुवरमा हृदयदेखि कोटीकोटी नमन्

भावनामा आनन्दको वर्षात गराइदिने

सदगुरुवरमा हृदयदेखि कोटीकोटी नमन्

मनमा शान्तिको दियो बालिेदने

सदगुरुवरमा हृदयदेखि कोटीकोटी नमन्

तनमा स्वाश्थ्यको चेतना भरिदिने

सदगुरुवरमा हृदयदेखि कोटीकोटी नमन्

तनावमा सुख खोज्न सिकाइदिने

सदगुरुवरमा हृदयदेखि कोटीकोटी नमन्

खुशीमा आनन्द खोज्न सिकाइदिने

सदगुरुवरमा हृदयदेखि कोटीकोटी नमन्

आफूभित्रै आनन्दको मूल खोजीदिने

सदगुरुवरमा हृदयदेखि कोटीकोटी नमन्

बोलीमा कोइलीको माधुर्यता भरिदिने

सदगुरुवरमा हृदयदेखि कोटीकोटी नमन्

व्यवहारमा पोख्त कार्यकुशलता सिकाइदिने

सदगुरुवरमा हृदयदेखि कोटीकोटी नमन्

सम्वन्धमा मिठासको रस भरिदिने

सदगुरुवरमा हृदयदेखि कोटीकोटी नमन्

संस्कारमा नैतिकताको छाता ओढाइदिने

सदगुरुवरमा हृदयदेखि कोटीकोटी नमन्

जीवनमा समृद्धिको जग बसालिदिने

सदगुरुवरमा हृदयदेखि कोटीकोटी नमन्

आत्मा र जिवात्माको ज्ञान दिलाइदिने

सदगुरुवरमा हृदयदेखि कोटीकोटी नमन्  


समग्रमा

आत्मादेखि परमात्मासम्मको बाटो कोरीदिने

सदगुरुवरमा हृदयदेखि कोटीकोटी नमन् । 

आत्मादेखि परमात्मासम्मको बाटो कोरीदिने

सदगुरुवरमा हृदयदेखि कोटीकोटी नमन् ।


       अस्तु

 

 

Saturday, 4 November 2023

जव हरिगुरुलाई प्रत्यक्ष नजरले देख्छु

 रिगुरु भजन           

                 लालीगुरांश  (सिर्जना भण्डारी) 


जव हरिगुरुलाई प्रत्यक्ष नजरले देख्छु
आफूलाई अझ गहिरिदो शुन्यतामा हराएको पाउँछु
जव हरिगुरुलाई प्रत्यक्ष कानले सुन्छु
आफूलाई अझ मधूर ध्वनीमा गुञ्जिएको पाउँछु
जव हरिगुरुलाई मन्द-मन्द मुस्कुराएको देख्छु
आफूलाई अझ फराकिलो आनन्दमा पौडिएको पाउँछु
जव हरिगुरुलाई प्रफुल्लतामा रमाएको देख्छु
आफूलाई अझ माथि-माथि आकाशमा उडेको पाउँछु
जव हरिगुरुलाई आफूतिर आकर्षित देख्छु
आफूलाई अझ गाडा रंगमा रंगीएको पाउँछु
जव हरिगुरुलाई प्रत्यक्ष अनुभूति गर्छु
आफूलाई अझ गहिरो भावनामा डुवेको पाउँछु
जव हरिगुरुको प्रेमल स्पर्शले छुन्छ
आफूलाई स्वर्गीय प्रेमनगरको सुन्दर बगैंचामा पाउँछु
जव हरिगुरुलाई मस्त-व्यस्त रहेको देख्छु
आफैंले कर्मयोगको सफलताको उच्चता चुमेको पाउँछु
जव हरिगुरुलाई संगीतमा गुनगुनाएको देख्छु
आफ्ना ओठहरु संगीतको लयमा थरथराएको पाउँछु
जव हरिगुरुलाई संगीतमा झुमेको देख्छु
आफ्ना पाइलाहरु संगीतका रागमा नाचिरहेको पाउँछु
जव हरिगुरुलाई ज्ञानगंगामा जगमगाएको देख्छु
आफैंमा परमात्माको अलौकिक ज्योति झिलमिलाएको पाउँछु।
जव हरिगुरुलाई वेद-मिमांशा बाँडीरहेको देख्छु
आफैंले परब्रह्मको प्रज्ञाको शिखर छोएको पाउँछु
जव हरिगुरुलाई वेद-मिमांशा बाँडीरहेको देख्छु
आफैंले परब्रह्मको प्रज्ञाको शिखर छोएको पाउँछु ।।