Monday, 8 May 2023

जीवनमा सदगुरुको पदार्पण र आध्यात्मिक यात्रा

                       लालीगुरांश  (सिर्जना भण्डारी

परब्रह्म र प्रकृतिबाट प्राप्त यस अमूल्य मनुष्य जीवनमा
सदगुरुको पदार्पणले अध्यात्मको परम-ज्ञान वोध गराउँछ- 2
अध्यात्मको परम-ज्ञानले जीवन र जगतको फरक चिनाउँछ
जीवन र जगतको स्पष्ट चिनारीले आत्मज्ञानको वोध गराउँछ
आत्मज्ञानको वोधले जीवन र जगतबाट अन्धकार हटाउँछ, र
अविद्याको अन्धकारमा बाटो बिराएको मनलाई आफूतिरै फर्काउँछ
जीवनमा सदगुरुको पदार्पणले मनुष्यलाई प्रकाशतिर डोर्याउँछ, र
आध्यात्मिक यात्रालाई मनुष्य जीवनको प्राथमिक कर्म बनाउँछ।- 2

जीवनमा सदगुरुको पदार्पणले आत्मगुफाको द्वार खुलाउँछ
आत्मगुफाको द्वार हुदै अकम्पको ॐकारमा प्रवेश गराउँछ- 2
अकम्प क्षेत्रको ॐकारमा त्यो परम-तत्वको आभास हुन्छ
परम-तत्वको आभासमै मनुष्यको जन्म-जन्मको सार खुल्छ
सदगुरुको महाज्ञानले परब्रह्मको परम-ज्ञान घटित गराउँछ
परब्रह्मको परम-ज्ञानले सतचितानन्द शिवोहममा पुर्याउँछ
जीवनमा सदगुरुको पदार्पणले जीवननै बैकुण्ठमय बनाउँछ, र
आध्यात्मिक यात्रालाई मनुष्य जीवनको प्राथमिक कर्म बनाउँछ।- 2

जीवनमा सदगुरुको पदार्पणले हामी भित्रका प्रतिभाहरु जगाउँछ
सुख, शान्ति र समृद्धिसंगै जीवनमा पूर्णता र सफलता ल्याउँछ- 2
दुःख, पिडा, डर, चिन्ता र असन्तुष्टी जीवनबाट नै दुर भगाउँछ
दया, करुणा, सेवा र परोपकारमा मन-चित्तलाई एकाग्र बनाउँछ
मेरालागि अरु नभई सबैलागि म भन्ने सहयोगको भाव जगाउँछ
अध्यात्म महाज्ञानको प्रकाशले जीवनमा जीउने कला सिकाउँछ
जीवनमा सदगुरुको पदार्पणले मनुष्य जन्म नै सफल तुल्याउँछ, र
आध्यात्मिक यात्रालाई मनुष्य जीवनको प्राथमिक कर्म बनाउँछ।- 2

No comments:

Post a Comment