Sunday, 2 July 2023

सदगुरुको कृपाले बद्लिएको जीवन

                                       लालीगुरांश  (सिर्जना भण्डारी

सदगुरु तिमीले

तनावले तन्कीएको अभावले थिचिएको मनलाई

तनाव व्यवस्थापन सिकाएर व्यवस्थित बनाइदियौ

चिन्ताले चिरीएको र पीरैपीरले पिल्सीएको जीवनलाई

सम्वन्ध व्यवस्थापन बुझाएर जीवन सहज गरिदियौ ।

सदगुरु तिमीले

जीवनको विज्ञान बुझाइ, योग, प्राणायाम, ध्यान सिकाएर

सबैलाई जीवनको रोग र पिडाबाट पार लगाइदियौ

तीमि हौ साक्षात यौगीक चिकित्सक प्राच्य चिकित्साको

तिमी बन्यौ विश्वासको केन्द्र हरेक व्यक्तिको मन र हृदयको ।

 

सदगुरु तिमीले

अविद्याको अंहकारले रांकिएको र ढाकिएको मनलाई

विद्याको समभाव सिकाएर सन्तुलीत बनाइदियौ

अज्ञानताको अन्धकारमा रुमल्लीएको जीवनलाई

सतज्ञानको ज्योतिपुञ्ज भरेर सतमार्गमा लगाइदियौ ।

सदगुरु तिमीले

धर्म र अध्यात्म सिकाई हरेकलाई भगवत तत्व चिनाएर

सबैलाई मनको अन्योल र अन्धकारबाट पार लगाइदियौ

तीमि हौ साक्षात धर्मगुरु प्राच्य धार्मिक विश्वविद्यालयको

तिमी बन्यौ आस्थाको केन्द्र हरेक शिष्यको मन र हृदयको ।

 

सदगुरु तिमीले

अध्यात्मको बाटो बिराइ इन्द्रिय रागमा डुबेको मनलाई

बैराग्यको विद्या सिकाइ मुक्तिको बाटोमा लगाइदियौ

सदगुरुको महत्व नबुझी दरदर भौतारीइरहेको जीवनलाई

परम जीवनतन्त्र बुझाएर परमात्मासम्म पुर्याइदियौ ।

सदगुरु तिमीले

विजब्रह्म चिनाई आत्मज्ञानको अध्यात्म महात्मे पढाएर

सबैलाई जीवनको भवसागरबाट पार लगाइदियौ

तीमि हौ साक्षात सगुण स्वरुप निर्गुण त्यो परब्रह्मको

तिमी बन्यौ चम्किलो ज्योति हरेक भक्तको मन र हृदयको । --2

No comments:

Post a Comment