तिमीले जानीजानी मर्ममा प्रहार गर्दा
दुखेको यो
सम्बन्ध विस्तारै टाढीदै गइरहेको छ
तिम्रा अदुरदर्शी सोचहरुका कारण
दुखेको यो
सम्बन्ध विस्तारै हराउँदै गइरहेको छ
तिम्रो अन्त्यहीन इर्ष्या र वदलाभावका कारण 
दुखेको यो
सम्बन्ध विस्तारै मेटीदै गइरहेको छ
तिम्रो निर्लज्ज र मनमौजीपनका कारण
दुखेको यो
सम्बन्धको घाऊ
झन–झन गहीरीदै गइरहेको छ
मर्मको पिडा नदेख्ने तिम्रो असमवेदनशीलताको कारण
दुखेको यो
सम्बन्ध विस्तारै क्यानसर पिडीत भइरहेको छ 
तिम्रा यस्तै–यस्तै अनगीन्ती अर्गेल्याइहरुका कारण 
दुखेको यो
सम्बन्ध आज
मृत्युको सैयामा लम्पसार छ
जहाँबाट पुनरागमनको कुनै गुन्जायस छैन  ।
२
तैपनि, मेरा लागि तिमी धन्यवादका पात्र हौ 
२
किनभने
तिम्रा अपुष्ट
भावहरुले मलाई
धेरै कुरा बताएका
छन्
तिम्रा छुद्र ब्यवहारहरुले मलाई धेरै कुरा सिकाएका
छन्
जस्तो की–
तिमीले सम्बन्धको बलियो पर्खाल गिराउँद
अचेत भएको मेरो मन विस्तारै सम्हालीदै गइरहेको छ
तिमीले मेरा प्रगती
पथमा जति
तगारा तेर्सेयाए पनि
धरमराएको मेरो आत्म–विश्वास पन्छाउँदै अघि बढीरहेको छ
तिमीले अपमानका धारीला शब्दवाणहरु जति बर्साए पनि
बज्र भएको मेरो मन हतियार प्रतिरोधक बन्दै गैरहेको छ 
तिमीले कयौं पटक अमृतको प्यालामा बिष पिलाए पनि
भित्र-भित्रै मरेको मेरो मन क्रित्रिमतामा हाँस्न सीकीरहेछ
तिमीले पटक–पटक अपमान
र अनेत्र ब्यबहार देखाए
पनि
निरास भएको मेरो मन सम्बन्ध बिना जीउन सीकीरहेको छ ।
तिमीले पटक–पटक अपमान
र अनेत्र ब्यबहार देखाए
पनि
निरास भएको मेरो मन सम्बन्ध बिना जीउन सीकीरहेको छ ।।
No comments:
Post a Comment