Monday, 28 March 2016

समयको महत्व

                                                         लालीगुरांश (सिर्जना भण्डारी)

युगको महत्व इतिहासमा खोज 
जो अवीस्मरणिय घटनाहरुको साक्षी हो
सताब्दीको महत्व समृद्धिमा खोज 

जो परिवर्तनको बाहक हो
दशकको महत्व असफललाई सोध 

जो लक्ष्यमा असफल भएको छ
वर्षको महत्व विद्यार्थीलाई सोध 

जो वार्षिक परिक्षमा फेल भएको छ
महिनाको महत्व आमालाई 

सोध जसले भर्खर सन्तान जन्माएकी छिन्
हप्ताको महत्व पिडितलाई 

सोध जो राहतको प्रतिक्षा गरिरहेको छन्
दिनको महत्व मजदुरलाई सोध 

जसको पेट भोको छ
घण्टाको महत्व यात्रुलाई सोध 

जसको भर्खर गाडी छुटेको छ
मिनेटको महत्व परिक्षार्थीलाई सोध 

जसको जाँचको कापी भर्खर खोसीएको छ
सेकेन्डको महत्व हृदय रोगीलाई सोध 

जो डाक्टरको प्रतिक्षा गरिरहेको छ
माइक्रो सेकेन्डको महत्व खेलाडीलाई सोध

 जसले भर्खर दौड हारेको छ
मिली सेकेन्डको महत्व बन्दुकलाई सोध 

जसबाट पर्रा छुटेको छ
नानो सेकेन्डको महत्व आतङ्ककारीलाई सोध

जो आत्मघाती मिसाइल बोकेर हिँडेको छ

No comments:

Post a Comment