लालीगुरांश (सिर्जना भण्डारी)
समाज ! उफ…..
यो शब्द सुन्दा सुन्दा म आजीत भइसकें
प्रगतिको पथमा पाइला टेकेकी म किशोरी
एक अवसरको भिख मागीरहेकी छु, की
मलाई विवाह अनि श्रीमान होइन शिक्षा देऊ
चाहे जति र चाहे जस्तो अध्ययन को अवसर देऊ
आफ्नै खुट्टामा उभिन सक्ने बन्न देऊ, अनि
आफु छोरी हुनुको अर्थ र गहीराइ खोज्न देऊ ।
किन डराउँछौ समाजसंग, आखीर को हो त्यो ?
एउटा अवसर दिन किन
समाजको अनुमति चाहियो?
यदी महान महिलाहरुले त्यसको अनुमति कुरेका भए
आज ती इतीहासको पानामा अमर नभई
सामान्य महिलाझैं इतिहासको गर्भमा बिलिन हुने थिए
तर उनीहरुले समाजको अनुमति कुरेनन्, र
विश्व आकाशमा आाफुलाई स्थापीत गराए
म्याडम क्युरी, फ्लोरेन्स नाइटीङगेल देखि
आङ साङ सुकी, मलाला युसेफजाइ सम्म
महिलाहरुको युगान्तकारी
साहसीक यात्रा देख्दा
केही गर्ने हौसला राख्ने म सामान्य किशोरीलाई
समाजको अनुमतिको बन्धन तोड्ने हौसला मिल्छ
त्यसैले ए ! समाज मलाई विवाहको रुपमा
ह्तकडी र नेलकडी होइन मात्र एउटा अवसर दे
म तँलाई अफसोस गर्ने मौका दिनेछैन
किनकी
जहाँ अवसर र सहयोगी मन तथा हातहरु छन्
त्यहाँ महिलाका सपनाहरुले सास फेर्ने अवसर
पाउँछन्
अनि, हुर्की बढी भोलि समाजकै गौरव बन्न सक्छन् ।
अनि, हुर्की बढी भोलि समाजकै गौरव बन्न सक्छन् । ।
No comments:
Post a Comment