Monday, 12 September 2016

अवसर

                              लालीगुरांश  (सिर्जना भण्डारी)
                              
समाज ! उफ…..
यो शब्द सुन्दा सुन्दा आजीत भइसकें
प्रगतिको पथमा पाइला टेकेकी किशोरी
एक अवसरको भिख मागीरहेकी छु, की
मलाई विवाह अनि श्रीमान होइन शिक्षा देऊ
चाहे जति चाहे जस्तो अध्ययन को अवसर देऊ
आफ्नै खुट्टामा उभिन सक्ने बन्न देऊ, अनि
आफु छोरी हुनुको अर्थ गहीराइ खोज्न देऊ

किन डराउँछौ समाजसंग, आखीर को हो त्यो ?
एउटा अवसर दिन किन समाजको अनुमति  चाहियो?
यदी महान महिलाहरुले त्यसको अनुमति कुरेका भए
आज ती इतीहासको पानामा अमर नभई
सामान्य महिलाझैं इतिहासको गर्भमा बिलिन हुने थिए
तर उनीहरुले समाजको अनुमति कुरेनन्,
विश्व आकाशमा आाफुलाई स्थापीत गराए
म्याडम क्युरी, फ्लोरेन्स नाइटीङगेल देखि
आङ साङ सुकी, मलाला युसेफजाइ सम्म
महिलाहरुको युगान्तकारी साहसीक यात्रा देख्दा
केही गर्ने हौसला राख्ने सामान्य किशोरीलाई
समाजको अनुमतिको बन्धन तोड्ने हौसला मिल्छ
त्यसैले ! समाज मलाई विवाहको रुपमा
ह्तकडी नेलकडी होइन मात्र एउटा अवसर दे
तँलाई अफसोस गर्ने मौका दिनेछैन
किनकी
जहाँ अवसर सहयोगी मन तथा हातहरु छन्
त्यहाँ महिलाका सपनाहरुले सास फेर्ने अवसर  पाउँछन्
अनि, हुर्की बढी भोलि समाजकै गौरव बन्न सक्छन्
अनि, हुर्की बढी भोलि समाजकै गौरव बन्न सक्छन्  । ।

Saturday, 9 April 2016

सम्बन्धको अवसान

                                                 लालीगुरांश (सिर्जना भण्डारी)

तिमीले जानीजानी मर्ममा प्रहार गर्दा
दुखेको यो सम्बन्ध विस्तारै टाढीदै गइरहेको
तिम्रा अदुरदर्शी सोचहरुका कारण
दुखेको यो सम्बन्ध विस्तारै हराउँदै गइरहेको
तिम्रो अन्त्यहीन इर्ष्या वदलाभावका कारण
दुखेको यो सम्बन्ध विस्तारै मेटीदै गइरहेको
तिम्रो निर्लज्ज मनमौजीपनका कारण
दुखेको यो सम्बन्धको घाऊ झनझन गहीरीदै गइरहेको
मर्मको पिडा नदेख्ने तिम्रो असमवेदनशीलताको कारण
दुखेको यो सम्बन्ध विस्तारै क्यानसर पिडीत भइरहेको  
तिम्रा यस्तैयस्तै अनगीन्ती अर्गेल्याइहरुका कारण
दुखेको यो सम्बन्ध आज मृत्युको सैयामा लम्पसार
जहाँबाट पुनरागमनको कुनै गुन्जायस छैन  । २

तैपनि, मेरा लागि तिमी धन्यवादका पात्र हौ 
किनभने
तिम्रा अपुष्ट भावहरुले मलाई धेरै कुरा बताएका छन्
तिम्रा छुद्र ब्यवहारहरुले मलाई धेरै कुरा सिकाएका छन्
जस्तो की–
तिमीले सम्बन्धको बलियो पर्खाल गिराउँद
अचेत भएको मेरो मन विस्तारै सम्हालीदै गइरहेको
तिमीले मेरा प्रगती पथमा जति तगारा तेर्सेयाए पनि
धरमराएको मेरो आत्मविश्वास पन्छाउँदै अघि बढीरहेको
तिमीले अपमानका धारीला शब्दवाणहरु जति बर्साए पनि
बज्र भएको मेरो मन हतियार प्रतिरोधक बन्दै गैरहेको
तिमीले कयौं पटक अमृतको प्यालामा बिष पिलाए पनि
भित्र-भित्रै मरेको मेरो मन क्रित्रिमतामा हाँस्न सीकीरहेछ
तिमीले पटकपटक अपमान र अनेत्र ब्यबहार देखाए पनि
निरास भएको मेरो मन सम्बन्ध बिना जीउन सीकीरहेको
तिमीले पटकपटक अपमान र अनेत्र ब्यबहार देखाए पनि

निरास भएको मेरो मन सम्बन्ध बिना जीउन सीकीरहेको ।।

Monday, 28 March 2016

समयको महत्व

                                                         लालीगुरांश (सिर्जना भण्डारी)

युगको महत्व इतिहासमा खोज 
जो अवीस्मरणिय घटनाहरुको साक्षी हो
सताब्दीको महत्व समृद्धिमा खोज 

जो परिवर्तनको बाहक हो
दशकको महत्व असफललाई सोध 

जो लक्ष्यमा असफल भएको छ
वर्षको महत्व विद्यार्थीलाई सोध 

जो वार्षिक परिक्षमा फेल भएको छ
महिनाको महत्व आमालाई 

सोध जसले भर्खर सन्तान जन्माएकी छिन्
हप्ताको महत्व पिडितलाई 

सोध जो राहतको प्रतिक्षा गरिरहेको छन्
दिनको महत्व मजदुरलाई सोध 

जसको पेट भोको छ
घण्टाको महत्व यात्रुलाई सोध 

जसको भर्खर गाडी छुटेको छ
मिनेटको महत्व परिक्षार्थीलाई सोध 

जसको जाँचको कापी भर्खर खोसीएको छ
सेकेन्डको महत्व हृदय रोगीलाई सोध 

जो डाक्टरको प्रतिक्षा गरिरहेको छ
माइक्रो सेकेन्डको महत्व खेलाडीलाई सोध

 जसले भर्खर दौड हारेको छ
मिली सेकेन्डको महत्व बन्दुकलाई सोध 

जसबाट पर्रा छुटेको छ
नानो सेकेन्डको महत्व आतङ्ककारीलाई सोध

जो आत्मघाती मिसाइल बोकेर हिँडेको छ

ज्ञान र शक्ति

                                                  लालीगुरांश  (सिर्जना भण्डारी)
आजको युग शक्तिको होइन 
ज्ञानको युग हो
शक्तिमा नभइ ज्ञानमा विश्वास गर्नु 
समयको माग हो
शक्तिले संसारलाई बरबाद गर्छ 
ज्ञानले संसारलाई आवाद गर्छ
कीनकी ज्ञानको धार धारिलो हुन्छ
शक्तिको धार बोदो हुन्छ 

शक्ति साम्राज्यवाद र सामन्तवादको पक्षपोशक हो 
ज्ञान उदारता र अधिकारको हिमायती हो
शक्तिका पुजारी समयको शिकार बन्छन् 
ज्ञानका पुजारी युगका बाहक हुन्छन्
कीनकी ज्ञानको राज चौतर्फि हुन्छ 
शक्तिको राज एकतर्फी हुन्छ 

ज्ञानले संसार चिनाउँछ 
शक्तिले अहङकारी बनाउँछ
ज्ञान बिनाको शक्ति 
धार बिनाको हतियार जस्तै हो
कीनकी ज्ञानले ब्रम्हान्ड चलाउँछ 
शक्तिले विनाश ल्याउँ 

शक्तिको सर्बत्र बिरोध हुन्छ 
ज्ञानको सर्बत्र तिर्सना हुन्छ
कीनकी ज्ञान फुल हो
शक्ति काँडा हो 
ज्ञान पानी हो
शक्ति आगो हो 

शक्ति नालायकहरुको हतियार हो 
ज्ञान बुद्धत्वको हतियार हो
शक्ति कुचालक हुन्छ 
ज्ञान सुचालक हुन्छ
कीनकी ज्ञानको पाठशाला परोपकार हो
शक्तिको पाठशाला अपराध हो 

शक्तिले अध्यारो बढाउँछ 
ज्ञानले अध्यारो फटाउँछ
शक्तिको सिंढी रगतले पोतिएको हुन्छ 
ज्ञानको सिंढी फुलले सजिएको हुन्छ
कीनकी ज्ञानको सफलता अमृत हो 
शक्तिको सफलता विष हो 

शक्तिले धकेल्छ 
ज्ञानले डोर् याउँछ
शक्तिले सद्धेलाई अन्धो बनाउँछ 
ज्ञानले अन्धोलाई सघाउँछ
कीनकी ज्ञान गरिब-दुःखीको सहारा हो 
शक्ति हुनेखानेहरुको भोग हो 

शक्तिको रङ्ग कालो हुन्छ 
ज्ञानको रङ्ग पारदर्शी सेतो हुन्छ
शक्तिले चोट बनाउँछ
ज्ञानले मल्हम लगाउँछ
कीनकी ज्ञानका हिमायती असिमित छन् 
शक्तिका हिमायती सिमित छन् ।

शक्तिको आयु क्षणिक हुन्छ 
ज्ञानको आयु युगौं हुन्छ
शक्तिले शिर झुकाउँछ
ज्ञानले शिर ठडाउँछ
कीनकी शान्तिका लागि ज्ञान नै अपरिहार्य हुन्छ 
शक्ति काम लाग्दैन ।

शक्तिले आत्मसम्मान खोस्छ र गिराउँछ 
ज्ञानले आत्मसम्मान हासिल राउँछ 
कीनकी ज्ञानलाई संधै सम्मान मिल्छ
शक्तिलाई संधै अपमान मिल्छ ।

तसर्थ,  ज्ञान र शक्तिको तुलना नै छैन 
शक्तिको पिजडामा बन्द हुँदै गैरहेको ज्ञान
आजको युगमा यसबाट यो मुक्त हुनु पर्छ