लालीगुरांश
आमा तिमी धर्ती हौ भने
मेरा तर्कहरुलाई नियालेर हेर
मलाइ साच्चै दोषी पायौ भने
तिमी जे चाहान्छौ त्यही गर ।
आमा तिमी देवी हौ भने
मेरो निर्दोष चित्कार सुनेर हेर
मेरोे चित्कारमा खोट पायौ भने
तिम्रै हातले मेरो हत्या गर ।
आमा तिमी ममताकी खानी हौ भने
मेरो मुटुको धड्कन सुनेर हेर
त्यहाँ आमा पुकार सुनिनौ भने
बरु मलाई बहिस्कार नै गर ।
आमा तिमी न्यायकी मुर्ति हौ भने
सन्तानको कर्मको विश्लेषण गर
तिम्रा दैवीय आँखाले खोट देख्यो भने
गल्ती अनुसारको सजाय घोषणा गर
।
No comments:
Post a Comment