लालीगुरांश (सिर्जना भण्डारी)
भक्तको आस्था आराध्यदेव
कल्याणकारी निलकण्ठ निर्गुणवाला
सर्वपूज्य शिवजी प्यारा
शिरमा चन्द्रमा चम्किरहने
जटाबाट गंगा बहिरहने
डमडम डमरु बजिरहने
शिवनै सबका सहारा 
शिवनै सबका धरा ।
कैलाशवासी शिवशक्ति स्वरुप
अदृश्य अदम्य शक्तिवाला
निराकार शिवजी प्यारा
मस्तकमा भस्म धसिरहने
शरीरमा बाघाम्बर धरिरहने
मौनताको शुन्यमा डुबिरहने
शिवनै सबका सहारा 
शिवनै सबका धरा ।
समसानवासी प्रेतका देवता
सबैलाई भवसागर तार्नेवाला
कृपालु शिवजी प्यारा
गलामा वासुकी लट्काइरहने
रुदाक्ष अमृत पहिरीरहने
हिमालयमा विचरण गरिरहने
शिवनै सबका सहारा 
शिवनै सबका धरा ।
देवादीदेव ॐमकारका धरोहर
सबैको दुःख हरनेवाला
करुणाकर शिवजी प्यारा
नन्दिको सवारी गरिरहने
हातमा त्रिशुल धरीरहने
अधरबाट अमृत वर्षिरहने
शिवनै सबका सहारा 
शिवनै सबका धरा ।
धर्मीहरुलाई तार्ने तिमी
पापीहरुको दमन गर्नेवाला
दयालु शिवजी प्यारा
त्रिनेत्रमा ज्योति चम्किरहने
ब्रम्हाण्डको रीत चलाइरहने
पुण्यको अमृत वर्षाइरहने
शिवनै सबका सहारा 
शिवनै सबका धरा ।
No comments:
Post a Comment