लालीगुरांश (सिर्जना भण्डारी)
मलाई सेवन गर, स्वाश्थ्यमा
म सर्वोत्कृष्ट औषधि हुँ
मलाई अध्ययनमा लगाउ, विद्यामा
म सर्वोत्कृष्ट प्रज्ञा हुँ
मलाई हृदयमा समाउ, सम्वन्धमा
म सर्वोत्कृष्ट प्रेम हुँ
मलाई आराधना गर, पूजामा
म सर्वोत्कृष्ट भक्ति हुँ
मलाई अनुशरण गर, अशुसासनमा
म सर्वोत्कृष्ट विनम्रता हुँ
मलाई जीवनशैली बनाउ, जीवनमा
म सर्वोत्कृष्ट खुशी हुँ
मलाई श्रमिक बनाउ, कर्ममा
म सर्वोत्कृष्ट कर्मी हुँ
मलाई अभ्यास बनाउ, सिकाइमा
म सर्वोत्कृष्ट प्रशिक्षक हुँ
मलाई आर्जन गर, समृद्धिमा
म सर्वोत्कृष्ट धन हुँ
मलाई सबैमाझ फैलाउ, परोपकारमा
म सर्वोत्कृष्ट समाजसेवी हुँ
मलाई भिडमा लैजाउ, अव्यवस्थामा
म सर्वोत्कृष्ट व्यवस्थापक हुँ
मलाई ज्ञानगंगा मान, प्रतिभामा
म सर्वोत्कृष्ट आविश्कार हुँ
मलाई खोज गर, अनुसन्धानमा
म सर्वोत्कृष्ट विज्ञान हुँ
मलाई आफूभित्र खोज, चेतनाको
म सर्वोत्कृष्ट प्रकाश हुँ
मलाई प्रकृतिमा खोज, ब्रह्मण्डको
म सर्वोत्कृष्ट चालक हुँ
मलाई दुत बनाउ, विश्वशान्तिको
म सर्वोत्कृष्ट प्रतिक हुँ!
मलाई दुत बनाउ, विश्वशान्तिको
म सर्वोत्कृष्ट प्रतिक हुँ!!
No comments:
Post a Comment