Tuesday, 23 January 2024

गुरुदेव तिमीलाई निराकार बह्मको आकारमा देखुं

 रिगुरु भजन           

                 लालीगुरांश  (सिर्जना भण्डारी) 


मेरो हृदयको आकर्षक मधुवनमा
गुरुदेव तिमीलाई सुगन्धित फूल देखुं
मेरो हृदयको विशाल चिदाकाशमा
गुरुदेव तिमीलाई चम्किलो प्रकाश देखुं
मेरो हृदयको निराकार आत्मगुफामा
गुरुदेव तिमीलाई बह्मको आकार देखुं
मेरो हृदयको शितल चौतारीमा
गुरुदेव तिम्रो विश्राम शैया देखुं
मेरो हृदयको कंचन पधेरीमा
गुरुदेव तिम्रो स्नान कक्ष देखुं
मेरो हृदयको अन्त्यहिन गोरेटोमा
गुरुदेव तिम्रा प्रकाशित कदमहरु देखुं
मेरो हृदयको विशाल भूमिमा
गुरुदेव तिम्रो प्रज्ञाको हरयाली देखुं
मेरो हृदयको निशव्द ध्वनिमा
गुरुदेव तिम्रो भावपूर्ण स्वर सुनुं
मेरो हृदयको निश्छल तरंगहरुमा
गुरुदेव तिम्रो सुस्त वहाव देखुं
मेरो हृदयको पवित्र वायुमण्डलमा
गुरुदेव तिम्रो स्वस्फूर्त उडान देखुं
मेरो हृदयको मन्द अग्निमा
गुरुदेव तिम्रो प्रज्वलित उर्जा देखुं
मेरो हृदयको भावपूर्ण पराभक्तिमा
गुरुदेव तिम्रो आर्शिवादको इशारा देखुं
मेरो हृदयको सानो कुनामा
गुरुदेव तिम्रो दिव्य वासस्थान देखुं । 

मेरो हृदयको सानो कुनामा
गुरुदेव तिम्रो दिव्य वासस्थान देखुं ।।

No comments:

Post a Comment