Monday, 28 August 2023

प्रेम आफू सिकौं र अरुलाई सिकाउं

रिगुरु भजन           

 लालीगुरांश  (सिर्जना भण्डारी

        

सदगुरु

तिम्रो नैनको सागरमा पौडिएर म

पवित्र प्रेमको गंगामा खेल्न सकौं

प्रेमको पवित्रतामा आफू डुबौं, र

अरुलाई पनि प्रेममा डुब्न सिकाउं ।

 

सदगुरु

तिम्रो हृदयको आकाशमा उडेर म

पवित्र प्रेमको आकाशगंगा छुन सकौं

प्रेमको पवित्रतामा आफू पुगौं, र

अरुलाई पनि प्रेममा पुग्न सिकाउं ।

 

सदगुरु

तिम्रो अंगालोको स्पर्समा फैलिएर म

पवित्र प्रेमको स्पर्समा भिज्न सकौं

प्रेमको पवित्रतामा आफू भिजौं, र

अरुलाई पनि प्रेममा भिज्न सिकाउं ।

 

सदगुरु

तिम्रो चाहनाको गहिराइमा डुबेर म

पवित्र प्रेमको रंगमा रंगीन सकौं

प्रेमको पवित्रतामा आफू सजिउं, र

अरुलाई पनि प्रेममा सजिन सिकाउं ।

 

सदगुरु

तिम्रो ब्रह्मज्ञानको प्रकाशमा बलेर म

पवित्र प्रेमको ज्योतिपुञ्जमा रम्न सकौं

प्रेमको पवित्रतामा आफू चम्कुं, र

अरुलाई पनि प्रेममा चम्किन सिकाउं ।

 

सदगुरु

तिम्रो निर्गुणताको अस्तित्वमा पुगेर म

पवित्र प्रेमको मिठासमा बिलाउन सकौं

प्रेमको पवित्रतामा आफू हराउं, र

अरुलाई पनि प्रेममा हराउन सिकाउं ।

No comments:

Post a Comment