Sunday, 27 August 2023

ऊ यानकी ‘प्रभु’ मेरो साथैमा भएकोले म ढुक्क छु!

                      लालीगुरांश  (सिर्जना भण्डारी

भौतिक जटिलता अनेक वेदनाहरुका वावजुद

क्षितिजमा निर्धक्क आफ्नो पंख फिजाइरहेको हुन्छु

किनकी क्षितिजमा सबैको रखवाला बसीरहेको

ऊसले सबैलाई एकटकले निरन्तर हेरीरहेको

सबैको कर्मको लेखाजोखा नबिराइकन राखीरहेको

ऊही ब्रह्माण्डको सर्जक, पालक, संहारक हो

ऊसैको सृष्टिको अतिसुक्ष्म कण हुं

ऊसैले चलाएको ब्रह्माण्डका सारा चक्रहरु

चिन्ता लिएर ऊसको रखवालीको अपमान गर्दिन 


मेरो आनन्दित जीवनको कारण ऊही हो

मेरो खुशीमा स्वयं मुस्कुराईरहेको

मेरो वेदनामा संगसंगै रोइरहेको

मेरो निसहायपनमा ऊसैले सहरा दिरहेको

मेरो निराशाहरुमा ऊही आशा बनेको

शिरमा हात राखेर प्रोत्साहन दिरहेको

मेरा हरेक आर्जनहरुमा उसैको योगदान

मेरा हरेक कर्महरुमा ऊसैको परिश्रम

मेरो चेतनामा ऊसैले इटा थपिरहेको

मेरो सम्वन्धहरुमा ऊही आफन्ती भएको  


मेरो प्यासमा ऊसैले पानी पिलाएको

मेरो भोकमा ऊसैले अन्नपात फलाएको

मेरो थकाइमा ऊसैले निद्रा पठाएको

प्रचण्ड गर्मीमा ऊसैले शितलता भिजाएको

प्रचण्ड ठण्डीमा ऊसैले न्यानोपन दिलाएको

त्यसैले

भौतिक जटिलता अनेक वेदनाहरुका वावजुद

क्षितिजमा निर्धक्क आफ्नो पंख फिजाइरहेको हुन्छु

किनकी क्षितिजमा सबैको रखवाला बसीरहेको

ऊसले सबैलाई एकटकले निरन्तर हेरीरहेको

सबैको कर्मको लेखाजोखा नबिराइकन राखीरहेको

 सबैको कर्मको लेखाजोखा नबिराइकन राखीरहेको  


No comments:

Post a Comment