Monday, 28 August 2023

प्रेम आफू सिकौं र अरुलाई सिकाउं

रिगुरु भजन           

 लालीगुरांश  (सिर्जना भण्डारी

        

सदगुरु

तिम्रो नैनको सागरमा पौडिएर म

पवित्र प्रेमको गंगामा खेल्न सकौं

प्रेमको पवित्रतामा आफू डुबौं, र

अरुलाई पनि प्रेममा डुब्न सिकाउं ।

 

सदगुरु

तिम्रो हृदयको आकाशमा उडेर म

पवित्र प्रेमको आकाशगंगा छुन सकौं

प्रेमको पवित्रतामा आफू पुगौं, र

अरुलाई पनि प्रेममा पुग्न सिकाउं ।

 

सदगुरु

तिम्रो अंगालोको स्पर्समा फैलिएर म

पवित्र प्रेमको स्पर्समा भिज्न सकौं

प्रेमको पवित्रतामा आफू भिजौं, र

अरुलाई पनि प्रेममा भिज्न सिकाउं ।

 

सदगुरु

तिम्रो चाहनाको गहिराइमा डुबेर म

पवित्र प्रेमको रंगमा रंगीन सकौं

प्रेमको पवित्रतामा आफू सजिउं, र

अरुलाई पनि प्रेममा सजिन सिकाउं ।

 

सदगुरु

तिम्रो ब्रह्मज्ञानको प्रकाशमा बलेर म

पवित्र प्रेमको ज्योतिपुञ्जमा रम्न सकौं

प्रेमको पवित्रतामा आफू चम्कुं, र

अरुलाई पनि प्रेममा चम्किन सिकाउं ।

 

सदगुरु

तिम्रो निर्गुणताको अस्तित्वमा पुगेर म

पवित्र प्रेमको मिठासमा बिलाउन सकौं

प्रेमको पवित्रतामा आफू हराउं, र

अरुलाई पनि प्रेममा हराउन सिकाउं ।

Sunday, 27 August 2023

ऊ यानकी ‘प्रभु’ मेरो साथैमा भएकोले म ढुक्क छु!

                      लालीगुरांश  (सिर्जना भण्डारी

भौतिक जटिलता अनेक वेदनाहरुका वावजुद

क्षितिजमा निर्धक्क आफ्नो पंख फिजाइरहेको हुन्छु

किनकी क्षितिजमा सबैको रखवाला बसीरहेको

ऊसले सबैलाई एकटकले निरन्तर हेरीरहेको

सबैको कर्मको लेखाजोखा नबिराइकन राखीरहेको

ऊही ब्रह्माण्डको सर्जक, पालक, संहारक हो

ऊसैको सृष्टिको अतिसुक्ष्म कण हुं

ऊसैले चलाएको ब्रह्माण्डका सारा चक्रहरु

चिन्ता लिएर ऊसको रखवालीको अपमान गर्दिन 


मेरो आनन्दित जीवनको कारण ऊही हो

मेरो खुशीमा स्वयं मुस्कुराईरहेको

मेरो वेदनामा संगसंगै रोइरहेको

मेरो निसहायपनमा ऊसैले सहरा दिरहेको

मेरो निराशाहरुमा ऊही आशा बनेको

शिरमा हात राखेर प्रोत्साहन दिरहेको

मेरा हरेक आर्जनहरुमा उसैको योगदान

मेरा हरेक कर्महरुमा ऊसैको परिश्रम

मेरो चेतनामा ऊसैले इटा थपिरहेको

मेरो सम्वन्धहरुमा ऊही आफन्ती भएको  


मेरो प्यासमा ऊसैले पानी पिलाएको

मेरो भोकमा ऊसैले अन्नपात फलाएको

मेरो थकाइमा ऊसैले निद्रा पठाएको

प्रचण्ड गर्मीमा ऊसैले शितलता भिजाएको

प्रचण्ड ठण्डीमा ऊसैले न्यानोपन दिलाएको

त्यसैले

भौतिक जटिलता अनेक वेदनाहरुका वावजुद

क्षितिजमा निर्धक्क आफ्नो पंख फिजाइरहेको हुन्छु

किनकी क्षितिजमा सबैको रखवाला बसीरहेको

ऊसले सबैलाई एकटकले निरन्तर हेरीरहेको

सबैको कर्मको लेखाजोखा नबिराइकन राखीरहेको

 सबैको कर्मको लेखाजोखा नबिराइकन राखीरहेको  


Thursday, 10 August 2023

सद्गुरु, तिम्रो भक्ति गान निरन्तर गाइरहुं म

रिगुरु भजन          

    

               लालीगुरांश  (सिर्जना भण्डारी) 


गुरुर ब्रह्मा गुरुर विष्णु गुरुर देवो महेश्वर

गुरुः साक्षात्परब्रह्मा तस्मै श्री गुरवे नम:

 

सद्गुरुनिराकार परब्रह्मको साकार रुप तिमी

ब्रह्मा-विष्णु-महेशका साक्षात स्वरुप तिमी

तिम्रो अटुट सानिध्य संधै पाइरहुं 

तिम्रो भक्ति गान निरन्तर गाइरहुं म।

 

हरेक भक्तको मन-मनमा तिमी

हरेक वस्तुको कण-कणमा तिमी

हरेक पिडाको ओखतीमा तिमी

हरेक आनन्दको आल्हादमा तिमी

मेरो मित्र अनि शुभचिन्तक पनि तिमी।

 

सद्गुरुनिराकार परब्रह्मको साकार रुप तिमी

ब्रह्मा-विष्णु-महेशका साक्षात स्वरुप तिमी

तिम्रो अटुट सानिध्य संधै पाइरहुं 

तिम्रो भक्ति गान निरन्तर गाइरहुं म।

 

हरेक चन्दनको सुगन्धमा तिमी

हरेक पुष्पको सुवासमा तिमी

हरेक धूनको झंकारमा तिमी

हृदयको हर धड्कनमा तिमी

मेरो प्रियतम अनि भगवान पनि तिमी।

 

सद्गुरुनिराकार परब्रह्मको साकार रुप तिमी

ब्रह्मा-विष्णु-महेशका साक्षात स्वरुप तिमी

तिम्रो अटुट सानिध्य संधै पाइरहुं 

तिम्रो भक्ति गान निरन्तर गाइरहुं म।

 

हर विहानीको पूजामा तिमी

हर साँझको आरतीमा तिमी

हर अनुष्ठानको  ॐमा तिमी

हर साधनाको ॐकारमा तिमी

मेरो हाँसो-खुशी अनि शान्ति पनि तिमी।

 

सद्गुरुनिराकार परब्रह्मको साकार रुप तिमी

ब्रह्मा-विष्णु-महेशका साक्षात स्वरुप तिमी

तिम्रो अटुट सानिध्य संधै पाइरहुं 

तिम्रो भक्ति गान निरन्तर गाइरहुं म।