Sunday, 29 January 2023

समर्पण

                        लालीगुरांश  (सिर्जना भण्डारी) 

मेरो जीवनका सारा बाँकी दिनहरु

हाम्रो अटुट साथकालागि अर्पण गरें।

 

मेरो जीवनका सारा सुख  खुशीहरु

हाम्रो साझा आनन्दमा समर्पण गरें।

 

मेरो जीवनका सारा मिठा सपनाहरु

हाम्रो प्रेमको सागरमा मिसाइ दिएं।

 

मेरा आँखाका तिमीलाई देख्ने प्यासहरु

हाम्रो भेटको पर्खाइमा ओछ्याइ दिएं।

 

मेरो हृदयमा चलीरहेका सारा धढ्कनहरु

हाम्रो मायाँप्रितीको यादमा धड्काइ दिएं।

 

मेरो जीवनका सारा सुन्दर रंगहरु

हाम्रो रंगीन संसारमा पोति दिएं।

 

मेरा जीवनका सारा उत्साह  उमंगहरु

हाम्रो कर्म परमात्माको पूजामा होमी दिएं।

 

मेरो जीवनमा फुलेका सुगन्धित फूलहरु

हाम्रो प्रेमको मन-मन्दिरमा चढाइ दिएं।

 

मेरो जीवनको एक मुठ्ठी श्वास

हाम्रो मिलनको कामनामा फेरी दिएं।

 

मेरो जीवनका सारा आश  प्यासहरु

हाम्रो सहकार्यताको पर्खाइमा लगाइ दिएं।

 

मेरो जीवनका सारा साहस  शक्तिहरु

हाम्रो प्रेमको भक्तिमा रित्याइ दिएं।

 

मेरो जीवनका सारा खालि पानाहरु

हाम्रो प्रेमका मिठा यादहरुले भरि दिएं।

 

मेरो जीवनको सुन्दर दिव्य संसारमा

हाम्रो सुन्दर प्रेमनगरलाई जोडि दिएं।

 

मेरो आत्माको अन्तिम इच्छा  माग

हाम्रो जीवन्त साथकालागि मागी दिएं।

 

मेरो आत्माको प्राथमिक प्रार्थना  याचना

हाम्रो आत्माको एकाकारकालागि पुकारी दिएं।


मेरो आत्माको प्राथमिक प्रार्थना  याचना

हाम्रो आत्माको एकाकारकालागि पुकारी दिएं।


No comments:

Post a Comment