Thursday, 15 January 2015

सडक बालक

          लालीगुरांश         
हेर गरिव वालक
सुतेको छ सडकमा
नाङ्गो र भोको बिचरा
लाचार छ गरिवीमा ।

नत लुगा आङ्गभरी
न त चारो पेटभरी
जीउँदो लास झैं गरी
बाँचेको छ मरी मरी ।

बाबा आमा कोही छैनन्
जाने ठाउँ काहीँ छैन
ऊ पनि त मान्छे नै हो
आत्मा त मरेको छैन ।

फोहर भित्र पसेर
खाने कुरा खोज्छ ऊ
फ्याकिएको खाना भेट्दा
खुशीले दङ्ग पर्छ ऊ ।

ऊशा सँगै बिउँझन्छ
साँझ सँगै निदाउँछ
गल्लीका कुकुरलाई
आफ्ना साथी बनाउँछ ।

बातमार्ने साथी छैनन्
बिर्सिएछ बोल्न पनि
नौलो मान्छे देख्दा खेरी
भगाउँछ भुक-भुक गरी ।

No comments:

Post a Comment