लालीगुरांश
मुटुभरी विश्वासको दियो जलाई
तिमीलाई पत्याउनु भूल रहेछ
तिम्रो कुटील सदभाव मेरोलागि
बिषालु पदार्थको मूल भएछ ।
तोड्नु नै रहेछ मेरो विश्वास
ममताको ढोङ तिमीले किन गर्यौ
झुठो आश्वासन मलाई दिई
मेरो भरोसालाई खोक्रो किन पार्यौ ।
तिमीले पिलाए बिषै पिउँथें 
आफू मरेर तिमीलाई जियाउथें
धोका गरी बिष किन पिलायौ
साधुको रुपधरी अहिले कता हरायौ ।
मानवता तिम्रो हराए पनि
कम्तिमा दैवको त ख्याल गर 
आज मरे भोलि दुई दिन हुन्छ
यो जिउज्यानको के नै छर भर ।
No comments:
Post a Comment