हरिगुरु भजन
लालीगुरांश (सिर्जना भण्डारी)
हरिगुरुको कृपाले परालौकिक दिव्यता पाएं
ज्ञान, कर्म, भक्तिको मार्ग समाएं
हृदयमा दया, करुणा, परोपकार भरेर
हरिका स्वरुप गुरुका चरणमा चढाएं ।
हरिगुरुको कृपाले सुन्दर संसार पाएं
सबैमा आफू, आफूमा सबैलाई भेटाएं
'वशुदैव कुटुम्बकम्' मैत्रीभाव हृदयमा भरेर
सर्वकल्याणमा समर्पित सेवाको मार्ग पछ्याएं ।
हरिगुरुको कृपाले जीवनको विज्ञान जानें
शरीर स्वस्थ, मन चंगा बनाएं
आफूभित्र सकारात्मक विचारको प्रवाह बढाएर
आफ्ना अन्तःकरणका फोहरमैला सबै पखालें ।
हरिगुरुको कृपाले आत्माको विज्ञान जानें
भाव शुद्ध, आत्मा कञ्चन तुल्याएं
सत्यम, शिवम, सुन्दरमको अमृत पिएर
हरीगुरुको कृपाले परब्रह्मको विज्ञान जानें
चैतन्यको समिपमा आफ्नो स्वरुप पाएं
आफूभित्रको सतचित आनन्द भावमा डुबेर
म ब्रह्ममै हराएं, ब्रह्ममै विलाएं ।
आफूभित्रको सतचित आनन्द भावमा डुबेर
म ब्रह्ममै हराएं, ब्रह्ममै विलाएं ।।
No comments:
Post a Comment