Saturday, 10 August 2024

मातृभूमिको मुहार फेर्नुछ

                      लालीगुरांश  (सिर्जना भण्डारी) 

जोशिलो यूवा हुँ

साहित्य सिर्जना गरेर

कलामा आकृति कुँदेर

ज्ञानको ज्योति छरेर

यूगसान्दर्भिक विकास ल्याउनुछ

मातृभूमिको मुहार फेर्नुछ ।


जोशिलो यूवा हुँ

सिपको उत्खनन् गरेर

प्रविधिको आविश्कार गरेर

विज्ञानको प्रामाणिकता भरेर

यूगसान्दर्भिक विकास ल्याउनुछ

मातृभूमिको मुहार फेर्नुछ ।


जोशिलो यूवा हुँ

शक्तिको सदुपयोग गरेर

क्षमताको विकास गरेर

उर्जाको तापले सेकेर

यूगसान्दर्भिक विकास ल्याउनुछ

मातृभूमिको मुहार फेर्नुछ ।


जोशिलो यूवा हुँ

सोचमा चिन्तन् भरेर

प्रतिभा प्रष्फुटन गरेर

क्षमताको विकास गरेर

यूगसान्दर्भिक विकास ल्याउनुछ

मातृभूमिको मुहार फेर्नुछ ।


जोशिलो यूवा हुँ

विचारमा शुद्धता ल्याएर

भावमा सर्वकल्याण राखेर

सकारात्मक गुण जगाएर

यूगसान्दर्भिक विकास ल्याउनुछ

मातृभूमिको मुहार फेर्नुछ ।


जोशिलो यूवा हुँ

रुचिमा प्रवाह बढाएर

मनमा उत्साह भरेर

जोशमा जाँगर थपेर

यूगसान्दर्भिक विकास ल्याउनुछ

मातृभूमिको मुहार फेर्नुछ ।


जोशिलो यूवा हुँ

आवश्यकता पहिचान गरेर

सम्भावनाको खोजी गरेर

योजना निर्माण गरेर

यूगसान्दर्भिक विकास ल्याउनुछ

मातृभूमिको मुहार फेर्नुछ ।


जोशिलो यूवा हुँ

लक्ष्यमा दृढता भरेर

सर्वकल्याणको दृष्टि राखेर

वैज्ञानिकताको खोज गरेर

यूगसान्दर्भिक विकास ल्याउनुछ

मातृभूमिको मुहार फेर्नुछ ।


जोशिलो यूवा हुँ

मातृभूमिको कुनाकुना पुगेर

सिर्जनशीलताले कर्म फूलाएर

उद्यमशील व्यवसायहरु फलाएर

यूगसान्दर्भिक विकास ल्याउनुछ

मातृभूमिको मुहार फेर्नुछ ।


No comments:

Post a Comment