Sunday, 25 August 2024

शिवशक्ति भजन

        लालीगुरांश  (सिर्जना भण्डारी) 


शिवशक्ति भजन

                       


ॐ नमः शिवाय... ॐ नमः शिवाय...

शिवशंकर प्रभु तिमी आदीशक्तिका पूजारी

शिवशक्ति पूर्णस्वरुप तिम्रो भोलेसम्भु कैलाशविहारी ।


यो पंचतत्वको संगम 'म', 'म' होइन रहेछु

यो अनित्य शरीरको मोह छैन अव मलाई ।


मन म होइन, भाव पनि म होइन

आफूलाई तिमीमै देख्छु प्रभु तिमीमै समाउ मलाई ।


ॐ नमः शिवाय... ॐ नमः शिवाय...

शिवशंकर प्रभु तिमी आदीशक्तिका पूजारी

शिवशक्ति पूर्णस्वरुप तिम्रो भोलेसम्भु कैलाशविहारी ।


तिमीलाई प्राप्त गरौं, तिमीमै एक होउँ सदालाई

तिमीमै स्थित होउँ, अरु चाह छैन मलाई ।


पंचतत्वमा मिल्नुअघि सेवा, उपकार बाड्न सकौं सबैलाई

तिम्रो सानिध्यता पाइ धन्य बनाउन सकौं आफूलाई ।


ॐ नमः शिवाय... ॐ नमः शिवाय...

शिवशंकर प्रभु तिमी आदीशक्तिका पूजारी

शिवशक्ति पूर्णस्वरुप तिम्रो भोलेसम्भु कैलाशविहारी ।

श्रीकृष्ण मुरारी प्रभु सृष्टिका पालनहारी

 श्रीकृष्ण भजन

                       लालीगुरांश  (सिर्जना भण्डारी) 



श्रीकृष्ण मुरारी प्रभु सृष्टिका पालनहारी

तिमीनै इश्वर, तिमीनै पूजा प्रभु

तिमीनै सबैको प्रेम, तिमीनै भक्ति

तिमीनै सबैको प्राण, तिमीनै शक्ति

श्रीकृष्ण मुरारी प्रभु सृष्टिका पालनहारी..... ।


प्रभु तिम्रो दर्शन पाएपछि आनन्दको वर्षात भयो

तिम्रो आशिर्वाद पाएपछि जीवन मेरो पूर्ण भयो ।


नटुटोस कहिल्यै हृदयमा भगवत भक्तिको यो भाव

कृपा गर प्रभु शिरमा राखि तिम्रो हात ।


श्रीकृष्ण मुरारी प्रभु सृष्टिका पालनहारी

तिमीनै इश्वर, तिमीनै पूजा प्रभु

तिमीनै सबैको प्रेम, तिमीनै भक्ति

तिमीनै सबैको प्राण, तिमीनै शक्ति

श्रीकृष्ण मुरारी प्रभु सृष्टिका पालनहारी..... ।


तिमीनै छौ स्मरणमा, तिमीनै छौ मनमन्दिरमा दिनरात

तिम्रो सानिध्यको मिठास सदा रहिरहोस मेरो साथ ।


तिमीलाईनै चाहुँ, तिमीलाईनै पाउँ, गाइरहुँ तिम्रै भक्तिगान

तिम्रो प्रेममा डुबिरहुँ सिरानी बनोस तिम्रो काख ।


श्रीकृष्ण मुरारी प्रभु सृष्टिका पालनहारी

तिमीनै इश्वर, तिमीनै पूजा प्रभु

तिमीनै सबैको प्रेम, तिमीनै भक्ति

तिमीनै सबैको प्राण, तिमीनै शक्ति

श्रीकृष्ण मुरारी प्रभु सृष्टिका पालनहारी..... ।


प्यारो तिम्रो साथमा बढिरहोस प्रेम, भक्तिको रस

आनन्दको वर्षात वर्षिरहोस प्रभु गरिराख हृदयमा वास ।


तिम्रै हात समातेर परमतिरको यात्रा अघि बढोस

तिम्रै वोध भएर जीवन, जगत पार लागोस ।


श्रीकृष्ण मुरारी प्रभु सृष्टिका पालनहारी

तिमीनै इश्वर, तिमीनै पूजा प्रभु

तिमीनै सबैको प्रेम, तिमीनै भक्ति

तिमीनै सबैको प्राण, तिमीनै शक्ति

श्रीकृष्ण मुरारी प्रभु सृष्टिका पालनहारी..... ।




   

Sunday, 18 August 2024

पलपल प्रभुको स्मरण

                   लालीगुरांश  (सिर्जना भण्डारी) 


पलपल तिम्रो छवि स्मरणमा, अनन्त शान्ति छाएको छ प्रभु
पलपल तिम्रो नाम स्मरणमा, अनन्त कान्ति झल्केको छ प्रभु ।

यो हृदयभरि वास छ तिम्रो, तिमीलाई सदा सेवा प्रदान गरिरहन सकौं
यी आँखाभरि तस्वीर छ तिम्रो, यिनलाई समेटी सदा तिमीमै रमिरहन सकौं
मनभरि तिमीनै तिमी छौ, मेरो मनको मालिकलाई सदा रिझाइरहन सकौं ।

पलपल तिम्रो छवि स्मरणमा, अनन्त शान्ति छाएको छ प्रभु
पलपल तिम्रो नाम स्मरणमा, अनन्त कान्ति झल्केको छ प्रभु ।

वसन्त ऋतुभरि फूलेका छौ तिमी, सुन्दर पुष्पहरु तिम्रो चरणमा समर्पण
मधुमास मौसमभरि झुलेका छौ तिमी, अमृत फलहरु तिम्रो भोगमा समर्पण
मेरो जीवनभरि रंगीएका छौ तिमी, मेरो जीवनको रंग तिमीमा समर्पण ।

पलपल तिम्रो छवि स्मरणमा, अनन्त शान्ति छाएको छ प्रभु
पलपल तिम्रो नाम स्मरणमा, अनन्त कान्ति झल्केको छ प्रभु ।

मेरा दृश्यभरि तिम्रै सौन्दर्यहरू रम्छन्, तिम्रो रुपको वर्णन म गरिरहुँ
मेरा श्रवणभरि तिम्रै वाणीहरु गुञ्जन्छन्, तिम्रो मिठो मधूरता म सुनिरहुँ
मेरा चाहनाभरि तिम्रै स्पर्सहरुले छुन्छन्, तिम्रो शितल सामिप्यता म पाइरहुँ ।

पलपल तिम्रो छवि स्मरणमा, अनन्त शान्ति छाएको छ प्रभु
पलपल तिम्रो नाम स्मरणमा, अनन्त कान्ति झल्केको छ प्रभु ।


Monday, 12 August 2024

शिवनै सवका प्यारा, शिवनै सबका सहारा

                             लालीगुरांश  (सिर्जना भण्डारी)  

भक्तको आस्था आराध्यदेव

कल्याणकारी निलकण्ठ निर्गुणवाला

सर्वपूज्य शिवजी प्यारा

शिरमा चन्द्रमा चम्किरहने

जटाबाट गंगा बहिरहने

डमडम डमरु बजिरहने

शिवनै सबका सहारा 

शिवनै सबका धरा ।

 

कैलाशवासी शिवशक्ति स्वरुप

अदृश्य अदम्य शक्तिवाला

निराकार शिवजी प्यारा

मस्तकमा भस्म धसिरहने

शरीरमा बाघाम्बर धरिरहने

मौनताको शुन्यमा डुबिरहने

शिवनै सबका सहारा 

शिवनै सबका धरा ।

 

समसानवासी प्रेतका देवता

सबैलाई भवसागर तार्नेवाला

कृपालु शिवजी प्यारा

गलामा वासुकी लट्काइरहने

रुदाक्ष अमृत पहिरीरहने

हिमालयमा विचरण गरिरहने

शिवनै सबका सहारा 

शिवनै सबका धरा ।

 

देवादीदेव ॐमकारका धरोहर

सबैको दुःख हरनेवाला

करुणाकर शिवजी प्यारा

नन्दिको सवारी गरिरहने

हातमा त्रिशुल धरीरहने

अधरबाट अमृत वर्षिरहने

शिवनै सबका सहारा 

शिवनै सबका धरा ।

 

धर्मीहरुलाई तार्ने तिमी

पापीहरुको दमन गर्नेवाला

दयालु शिवजी प्यारा

त्रिनेत्रमा ज्योति चम्किरहने

ब्रम्हाण्डको रीत चलाइरहने

पुण्यको अमृत वर्षाइरहने

शिवनै सबका सहारा 

शिवनै सबका धरा ।

 

डमडम नटराज डमरुधारी, प्रभु तीनैलोकका त्रिपुरारी

                       लालीगुरांश  (सिर्जना भण्डारी) 

ॐ नमः शिवाय...

ॐ नमः शिवाय...

जय शम्भो शिवशक्ति

हरहर महादेव भोलेशंकर

महारुद्राय स्वरूप भयङ्कर

जीवनजगतका प्रलयकारी

बमबम भोलेबाबा जटाधारी

प्रभु नटराज डमरुधारी

तिमी तीनैलोकका त्रिपुरारी

डमडम डमडम डमडम

डमडम प्रभु डमरुधारी

तिमी नटराज भोलेभण्डारी

तिमी तीनैलोकका त्रिपुरारी ।

 

तिम्रो डमरुको डमडमले

कैलाशपर्वतमा तरंग गुञ्जियो

श्रावणमा तिम्रो आराधनामा 

सबै पाशुपतधाम सजियो

तिम्रा सहस्रनाम पुकारी

भक्त भयौं संस्कारी

आइ वास गरिदेउ

प्रभु भक्तको हृदयभरि

कालकाकाल तिमी अभयकारी

बमबम भोले निलकण्ठधारी

तिमी तीनैलोकका त्रिपुरारी

प्रभु नटराज डमरुधारी

डमडम डमडम डमडम

डमडम प्रभु डमरुधारी

तिमी तीनैलोकका त्रिपुरारी

प्रभु नटराज डमरुधारी ।

 

भक्तको पुकार सुनेर

गणपदको भयो सवारी

प्रभुको आगमनको उमंगले

जाग्यो जगत वारीपारी

विनति गर्दछौं प्रभु

तिम्रो चरणमा पर्दछौं

बमबम भोले कैलाशविहारी

आइ वास गरिदेउ

प्रभु भक्तको हृदयभरि

सबका प्यारा भोलेभण्डारी

तिमी तीनैलोकका त्रिपुरारी

प्रभु नटराज डमरुधारी

डमडम डमडम डमडम

डमडम प्रभु डमरुधारी

तिमी तीनैलोकका त्रिपुरारी

प्रभु नटराज डमरुधारी ।

 

ॐ नमः शिवाय...

ॐ नमः शिवाय...

जय शम्भो कैलासपति

हरहर  महादेव देवादीदेव

बमबम भोलेशंकर जटाधारी

नटराज भोलेप्रभु डमरुधारी

सनातन ॐकारका पालनहारी

तिमी तीनैलोकका त्रिपुरारी

डमडम डमडम डमडम

डमडम प्रभु डमरुधारी

तिमी तीनैलोकका त्रिपुरारी

प्रभु नटराज डमरुधारी

जय शम्भो कैलासपति

हरहर महादेव देवादीदेव

डमडम डमडम डमडम

डमडम प्रभु डमरुधारी

तिमी तीनैलोकका त्रिपुरारी

सनातन ॐकारका पालनहारी 

सबका प्यारा भोलेभण्डारी

भोले प्रभु कैलाशविहारी 

कालकाकाल तिमी अभयकारी

जीवनजगतका प्रलयकारी

भोले प्रभु निलकण्ठधारी

ॐ नमः शिवाय...

ॐ नमः शिवाय...

 


 


Saturday, 10 August 2024

मातृभूमिको मुहार फेर्नुछ

                      लालीगुरांश  (सिर्जना भण्डारी) 

जोशिलो यूवा हुँ

साहित्य सिर्जना गरेर

कलामा आकृति कुँदेर

ज्ञानको ज्योति छरेर

यूगसान्दर्भिक विकास ल्याउनुछ

मातृभूमिको मुहार फेर्नुछ ।


जोशिलो यूवा हुँ

सिपको उत्खनन् गरेर

प्रविधिको आविश्कार गरेर

विज्ञानको प्रामाणिकता भरेर

यूगसान्दर्भिक विकास ल्याउनुछ

मातृभूमिको मुहार फेर्नुछ ।


जोशिलो यूवा हुँ

शक्तिको सदुपयोग गरेर

क्षमताको विकास गरेर

उर्जाको तापले सेकेर

यूगसान्दर्भिक विकास ल्याउनुछ

मातृभूमिको मुहार फेर्नुछ ।


जोशिलो यूवा हुँ

सोचमा चिन्तन् भरेर

प्रतिभा प्रष्फुटन गरेर

क्षमताको विकास गरेर

यूगसान्दर्भिक विकास ल्याउनुछ

मातृभूमिको मुहार फेर्नुछ ।


जोशिलो यूवा हुँ

विचारमा शुद्धता ल्याएर

भावमा सर्वकल्याण राखेर

सकारात्मक गुण जगाएर

यूगसान्दर्भिक विकास ल्याउनुछ

मातृभूमिको मुहार फेर्नुछ ।


जोशिलो यूवा हुँ

रुचिमा प्रवाह बढाएर

मनमा उत्साह भरेर

जोशमा जाँगर थपेर

यूगसान्दर्भिक विकास ल्याउनुछ

मातृभूमिको मुहार फेर्नुछ ।


जोशिलो यूवा हुँ

आवश्यकता पहिचान गरेर

सम्भावनाको खोजी गरेर

योजना निर्माण गरेर

यूगसान्दर्भिक विकास ल्याउनुछ

मातृभूमिको मुहार फेर्नुछ ।


जोशिलो यूवा हुँ

लक्ष्यमा दृढता भरेर

सर्वकल्याणको दृष्टि राखेर

वैज्ञानिकताको खोज गरेर

यूगसान्दर्भिक विकास ल्याउनुछ

मातृभूमिको मुहार फेर्नुछ ।


जोशिलो यूवा हुँ

मातृभूमिको कुनाकुना पुगेर

सिर्जनशीलताले कर्म फूलाएर

उद्यमशील व्यवसायहरु फलाएर

यूगसान्दर्भिक विकास ल्याउनुछ

मातृभूमिको मुहार फेर्नुछ ।


Monday, 5 August 2024

तिमीसंगै बस्यो दिव्य प्रीत मेरो शंकर !!

 रिगुरु भजन  

                            लालीगुरांश  (सिर्जना भण्डारी) 


ॐ नमः शिवाय... ॐ नमः शिवाय...ॐ नमः शिवाय... !

ॐ नमः शिवाय... ॐ नमः शिवाय...ॐ नमः शिवाय... !!

 

भोलेबाबा तिमी अनाथका पनि नाथ हौ

कणकणमा व्याप्त तिमी सबैका साथ छौ

सबै तिम्रा अंश हुन् तिमीनै मूलस्वरुप

तिम्रो भक्तिको ऐनामा पाइरहुँ मेरो रुप,

 

तिमीसंगै बस्यो दिव्य प्रीत मेरो शंकर

तिमीमै अडियो प्राणको तरंग मेरो शंकर

तिमीमै डुव्यो हृदयको सागर मेरो शंकर

तिमीनै सर्वश्व यो जीवनको मेरो शंकर,

 

तिम्रै भएरतिमीमै रमेर तनमन सजियो

तिमीलाई चाहेरतिमीलाई पाएर जीवन भरियो

भोलेबाबा मेरो भोलेबाबाशंकर मेरो शंकर...

ॐ नमः शिवाय... ॐ नमः शिवाय...ॐ नमः शिवाय... !!

 

कैलाशवासी देवादीदेव सदा तिमी यादमा छौ

निराकार स्वरूपमा तिमी सदा मेरो साथमा छौ

तिमीनै परमपिता तिमीनै सर्वकल्याणका दिव्य प्रतिमुर्ति

सबैको हरकर्मको फैसला गर्ने तिमीनै महानशक्ति,

 

तिमीसंगै बस्यो दिव्य प्रीत मेरो शंकर

तिमीमै मिल्यो लक्ष्यको सार मेरो शंकर

तिमीमै जोडियो जीवनको तार मेरो शंकर

तिमीनै शक्तितिमीनै भक्ति  मेरो शंकर,

 

तिम्रै भएरतिमीमै रमेर तनमन सजियो

तिमीलाई चिनेरतिमीमै डुबेर हृदय भरियो

भोलेबाबा मेरो भोलेबाबाशंकर मेरो शंकर...

ॐ नमः शिवाय... ॐ नमः शिवाय...ॐ नमः शिवाय... !!

 

तिमीनै सुक्ष्मतिमीनै विराट जगतका स्रष्टा

तिमीनै प्रश्नतिमीनै उत्तर त्रिकालका द्रष्टा

तिमीनै सत्यतिमीनै नित्य अरुसबै अधूरा

तिमीनै धरातिमीनै साहारा अरुसबै बेकार,

 

तिमीसंगै बस्यो दिव्य प्रीत मेरो शंकर

तिमीमै जोडियो दिव्य दृष्टि मेरो शंकर

तिमीमै विलय भयो अस्तित्व मेरो शंकर

तिमीनै ब्रम्हतिमीनै चेतना मेरो शंकर,

 

तिम्रै भएरतिमीमै रमेर तनमन सजियो

तिमीलाई देखेरतिमीलाई भेटेर संसार भरियो

भोलेबाबा मेरो भोलेबाबाशंकर मेरो शंकर...

ॐ नमः शिवाय... ॐ नमः शिवाय...ॐ नमः शिवाय... !

ॐ नमः शिवाय... ॐ नमः शिवाय...ॐ नमः शिवाय... !!

ॐ नमः शिवाय... ॐ नमः शिवाय...ॐ नमः शिवाय... !!!