लालीगुरांश (सिर्जना भण्डारी)
Sunday, 2 July 2023
सदगुरुको कृपाले बद्लिएको जीवन
सदगुरु तिमीले
तनावले तन्कीएको र अभावले
थिचिएको मनलाई
तनाव व्यवस्थापन सिकाएर व्यवस्थित बनाइदियौ
चिन्ताले चिरीएको र
पीरैपीरले पिल्सीएको जीवनलाई
सम्वन्ध व्यवस्थापन बुझाएर जीवन सहज गरिदियौ ।
सदगुरु तिमीले
जीवनको विज्ञान बुझाइ, योग,
प्राणायाम, ध्यान सिकाएर
सबैलाई जीवनको रोग र पिडाबाट पार लगाइदियौ
तीमि हौ साक्षात
यौगीक चिकित्सक प्राच्य चिकित्साको 
तिमी बन्यौ विश्वासको
केन्द्र हरेक व्यक्तिको मन र हृदयको ।
सदगुरु तिमीले
अविद्याको अंहकारले रांकिएको र ढाकिएको
मनलाई
विद्याको समभाव सिकाएर सन्तुलीत बनाइदियौ
अज्ञानताको अन्धकारमा रुमल्लीएको जीवनलाई 
सतज्ञानको ज्योतिपुञ्ज भरेर सतमार्गमा
लगाइदियौ ।
सदगुरु तिमीले
धर्म र अध्यात्म सिकाई हरेकलाई
भगवत तत्व चिनाएर
सबैलाई मनको अन्योल र अन्धकारबाट पार लगाइदियौ
तीमि हौ साक्षात धर्मगुरु प्राच्य धार्मिक
विश्वविद्यालयको 
तिमी बन्यौ आस्थाको केन्द्र हरेक शिष्यको मन र
हृदयको ।
सदगुरु तिमीले
अध्यात्मको बाटो बिराइ इन्द्रिय रागमा
डुबेको मनलाई
बैराग्यको विद्या सिकाइ मुक्तिको बाटोमा
लगाइदियौ
सदगुरुको महत्व नबुझी दरदर भौतारीइरहेको
जीवनलाई
परम जीवनतन्त्र बुझाएर परमात्मासम्म
पुर्याइदियौ ।
सदगुरु तिमीले
विजब्रह्म चिनाई आत्मज्ञानको अध्यात्म
महात्मे पढाएर
सबैलाई जीवनको भवसागरबाट पार लगाइदियौ
तीमि हौ साक्षात सगुण स्वरुप निर्गुण त्यो परब्रह्मको
तिमी बन्यौ चम्किलो ज्योति हरेक भक्तको मन
र
हृदयको । --2
Subscribe to:
Comments (Atom)