Thursday, 14 February 2013

प्रणयसुत्रका मिठा अनुभूतिहरु

                     लालीगुरांश

छैन स्वर्ग अन्त कहीं
तिमी भित्रै पाएकी छु
तिम्रो धड्कन बन्न पाउंदा
प्रेम बिभोर भएकी छु । .......१

चाहींदैन श्रृंगार केही
तिम्रै रंगमा रंगीएकी छु
तिम्रो गहना बन्न पाउंदा
प्रेम बिभोर भएकी छु । .......२

छैन केही दुःख गुनाशो
नछुट्ने साथ पाएकी छु
तिम्रो साथी बन्न पाउंदा
प्रेम बिभोर भएकी छु । .......३

मिठो लाग्छ जीवन सदा
यादगार पलहरु पाएकी छु
तिम्रै लागि जीउन पाउंदा
प्रेम बिभोर भएकी छु । .......४

तिम्रो प्राण बन्न पाउंदा
प्रेम बिभोर भएकी छु ।
 

No comments:

Post a Comment