Wednesday, 8 February 2012

शहिद

                                               लालीगुरांश
देशको मायाँ बोकेर छातीभरी निस्केथ्यौं सडकमा
गुाजायौं ध्वनी सारा गगनभरी ठूल्-ठूला आवाजमा
स्वतन्त्रता माग्दै अघि बढ्यौं देश स्वतन्त्र होस भनी
देशको मायाँ यहाँनेर छ भनी देखायौं छाती खोली ।


तानाशाहका दुतहरुले हाने गोली त्यही छातीमा
बग्यो खोलो भल्-भली रगतको बन्यो पोखरी त्यहाँ
हाँसे ति दुतहरु रमाउँदै शहिदको छट्पटिमा
शक्तिको उन्माद देखाए दुतले टेकेर यो छातीमा ।


घिसार्दै लगे दुतहरुले कता, कता पुर्याए कता
चौतर्फी बन्दुके दुतहरु देखिन्थे जता हेर्यो त्यता
घण्टौं देखि सुकेको आँतले माग्यो पानी दे भनी जब
मृत्युकै दुत झैं क्रुर भइ हाने गोली मुखमा तब ।


ढप्प ढाक्यो आँखा कुहिरोले निष्पट्ट भो जगत सारा
तिम्रै लागि बग्यो रगत हाम्रो धन्य छ नेपाल आमा
भलो होस् लोकको स्वतन्त्र भइ फूलिरहु सँधै तिमी
मोक्ष पाउनेछ यो आत्माले माथिबाट हेर्ने छौं हामी । 

No comments:

Post a Comment