लालीगुरांश
आमा तिमी कति दानी
मलाई जीवन दान दियौ
हुर्काउँदा हामीलाई
कति दुःख सहयौ ।
धर्ती जस्तो मुटु तिम्रो
मायैं मायाँ पोखी दियौ
हामीलाई सुख दिन 
धेरै पिडा सही दियौ ।
आमा जति ठुलो यहाँ
छैन नाता अरु कुनै
छोडी बस्दा बिदेशमा
सम्झना आउने झनै । 
कति दुःख गर्यो तिमीले
यो कोपिला फुलाउन
आजै देखि थाल्छु म नि 
तिमीलाई हँसाउन ।
मन खोली तिमी हाँस्दा
पिडा दुःख भाग्छ सारा
यसै गरी तिर्छु आमा 
तिम्रो ऋणको भारा ।