लालीगुरांश   
मुटुभित्रको चोखो अनि मिठो मायाँ
तिम्रो मादक ओठमा छचल्कीदिन्छ
हाम्रो निश्छल प्रेमको शुरीलो भाका
तिम्रो नशालु आँखाले गाइदिन्छ
साथ साथ विताएका यादगार क्षणहरू
तिमी टाढा भइदिँदा काँढासरी विझाइदिन्छ ।
मायाँ साट्दा उर्लिएका चुम्बनहरूले
रूखीएको मनको मूल रसाइदिन्छ
लामो पर्खाइका मिलनहरूले
यौवनका स्वपनिल तिर्खाहरू मेटाइदिन्छ
मायाँले भरिएका तिम्रा हरेक स्पर्सहरूले
जीवनमा रङ्गीन पूmलहरू पूmलाइदिन्छ ।
मायाँ कुनै रित्तिने वस्तु होइन
जति पोख्यो उति भरीइदिन्छ
प्यारा तिमीमा माया पोख्न नपाउँदा
हृदय मेरो विलौना गरी रोइदिन्छ
तिमी त खुशीले परदेशी भइगयौ
तिम्रै यादमा यो मन पलपल तड्पिदिन्छ
अनि मनभरी तनभरी
तिम्रै तस्वीर छाइदिन्छ
अतितका मिठा मिठा पलहरूले
मलाई कल्पी कल्पी रुवाइदिन्छ । २
मुटुभित्रको चोखो अनि मिठो मायाँ
तिम्रो मादक ओठमा छचल्कीदिन्छ
हाम्रो निश्छल प्रेमको शुरीलो भाका
तिम्रो नशालु आँखाले गाइदिन्छ
साथ साथ विताएका यादगार क्षणहरू
तिमी टाढा भइदिँदा काँढासरी विझाइदिन्छ ।
मायाँ साट्दा उर्लिएका चुम्बनहरूले
रूखीएको मनको मूल रसाइदिन्छ
लामो पर्खाइका मिलनहरूले
यौवनका स्वपनिल तिर्खाहरू मेटाइदिन्छ
मायाँले भरिएका तिम्रा हरेक स्पर्सहरूले
जीवनमा रङ्गीन पूmलहरू पूmलाइदिन्छ ।
मायाँ कुनै रित्तिने वस्तु होइन
जति पोख्यो उति भरीइदिन्छ
प्यारा तिमीमा माया पोख्न नपाउँदा
हृदय मेरो विलौना गरी रोइदिन्छ
तिमी त खुशीले परदेशी भइगयौ
तिम्रै यादमा यो मन पलपल तड्पिदिन्छ
अनि मनभरी तनभरी
तिम्रै तस्वीर छाइदिन्छ
अतितका मिठा मिठा पलहरूले
मलाई कल्पी कल्पी रुवाइदिन्छ । २